होम कार्की काठमाडौ, वैशाख ३ - २०६८ को पहिलो दिनै रोशनका लागि अभिसाप बन्यो । त्यही दिन उनले ३१ वर्षीय आमा विमलालाई दागबत्ती दिनुपर्यो । अब उनको काँधमा ७, १२ र १४ बर्षीय बहिनीहरुको अभिभावकीय जिम्मेवारी आएको छ ।
‘हामीलाई पाल्न भनेर बुबा मलेसिया जानुभएको थियो । उहाँ कान्छी आमासँगै त्यता बस्नथाल्नुभएपछि आमा कुबेत उड्नुभएको थियो’, त्रियुगा–११ उदयपुरका रोशनले भनेक्क, ‘कमाउन गएकी आमालाई ८ महिनामै बाकसमा प्याक भएर आएको अबस्थामा भेटियो ।’
चार महिनैअघि मृत्यु भएको आमाबारे उनी र आफन्तजन बेखबर रहेछन् । ‘जानु भएपछि बेला बेला फोन बार्ता भइरहेको थियो । मंसिरबाट सम्र्पर्क भएको थिएन’, उनले भने– ‘अस्ति (बुधबार) पो त्रिभुबन बिमानस्थलबाट एक्कासी शब बुझ्न फोन आयो ।’
कतार एयरवेजबाट आएको बिमालाको शब भाई मदनले बिहीबार बुझेको थियो । ‘मृत्यु भएको सूचना यति लामो समय पछि आयो’, मदनले भने, ‘हामीलाई काम गरिरहेको होला । नमिलेर सम्र्पर्क नभएको भन्ने लागेका थियो । यो हाम्रो कल्पना बहिरा थियो ।’
त्यसदिन पशुपतिमा दाहस्कार गरियो । काजक्रिया गर्न घर फिर्नुपर्ने रोशन र आफन्तजन काठमाडौंमा पठाउने दलाललाई कारबाहीको झमेलामा फसेका छन् । शब संगै आएको मेडिकल रिपोर्टमा बिमालाले ‘आत्महत्या’ गरेको उल्लेख छ । ‘कार्तिकतिर आफु निकै शारीरिक, मानसीक यातना भोगिरहेको भन्दै रुन्थिन्’, मदनले भने, ‘पठाउने एजेन्ट तारा बिकलाई यसबारे पटक पटक स्वदेश झिकाइदिन अनुरोध गरिरहेका थियौं । पछि उनी पनि सम्र्पर्कबाहिर भइन् ।’
मलेसिया पुगेका श्रीमान् उतै कान्छी श्रीमती लिएर बसेपछि छोराछोरी पाल्न धौ/धौ परेपछि कमाउन भनेर गएको भदौमा कुबेत उडेका थिइन् । उनले मंसिर १ मै आत्महत्या गरेकी थिइन् । पाँचबर्षदेखि श्रीमान् मलेसियाबाट फर्केका छैनन् । बच्चाहरु मामाघरमा बस्दै आएका छन् । ‘घरमा कुनै सम्पत्ति छैन् । उनीहरुको रेखदेख ७० बर्षीय हजुरआमाले गर्दै आइरहेका छन्,’ आफन्त गौरबहादुर बिकले भने, ‘साना बच्चाहरुको पो बिजोग भयो ।’
एजेन्ट ताराले राहदानी बनाउदा पनि सम्र्पर्क ब्यक्तिमा आफ्नै नाम लेखाएकी रहिछिन् । श्रम स्वीकृति नलिई उनले सेटिङबाट त्रिभुबन बिमानस्थलबाटै कुबेत उडाएकी रहिछिन् । पीडित परिवारले तारालाई अबैध काम गरेको भन्दै गौशाल प्रहरी कार्यालयमा थुनाएका छन् ।
अबैधानिक रुपमा पठाएकोले पीडित परिवारले सरकारबाट पाउने राहत रकम, बिमाको पैसा पाउने सुबिद्याबाट बञ्चित भएका छन् । ‘कतैबाट पनि राहत रकम पाउने अबस्था देखिएन’, मदनले भने, ‘सम्पत्तिको नाममा केही छैन् । दयनीय अबस्था छ । भान्जाभाँन्जीको पो भबिश्य अन्धकार भयो ।’
--------------------------------
नोट: सहयोग गर्न चाहनेहरुले मृतकको परिवारका सदस्यको तल दिइएको नम्बरमा सम्पर्क गर्न अनुरोध गर्दछौ ।
ब्यक्ति: मदन - नाता भाई
घर- 033-693081
मोमाइल- 9806107136
source:-ekantipur


0 commentaires