पीडा मस्तिष्कमा निर्भर

काठमाडौ, वैशाख ३ - चोट लाग्दा हुने दुखाइ र मन मिल्ने मान्छेसँग मुटु चुडिँदा हुने दुखाइ बेग्लाबेग्लै भए पनि दुवै घटनाका समय हुने पीडाको प्रतिक्रिया एकनासको हुन्छ । 


मुटुको दुखाइसमेत मस्तिष्कसँग जोडिएको हुन्छ । प्रोसेडिङ्स अफ नेसनल एकेडेमी अफ साइन्सेजमा प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार दुवै स्थितिमा मस्तिष्कको एउटै प्रतिक्रिया हुन्छ । युनिभर्सिटी अफ मिसिगन, कोलम्बिया युनिभर्सिटी र युनिभर्सिटी अफ कोलोराडोका अनुसन्धाताहरूले संयुक्त रूपमा यो महत्त्वपूर्ण जानकारी दिएका हुन् । उनीहरूले यो अनुसन्धानमा त्यस्ता ४० व्यक्तिलाई सामेल गरे जो हालै आपmना प्रेमी वा प्रेमिकाबाट अलग भएका थिए, भावनात्मक रूपमा दुःखी थिए । 



उनीहरूलाई तिनका प्रेमी र पे्रमिकाका तस्बिर देखाइयो अनि ब्रेन स्क्यानको माध्यमले उनीहरूको मस्तिष्कको अध्ययन गरियो । यसपछि उनीहरूलाई आठदेखि दस प्वाइन्ट पेन स्केलको शारीरिक पीडा दिइयो र फेरि ब्रेन स्क्यानरले मस्तिष्कको अध्ययन गरियो । एफएमआरआई स्क्यानरको माध्यमले मस्तिष्कको अध्ययन गरेपछि के पाइयो भने दुवै स्थितिमा मस्तिष्कको दुई विशेष खण्डमा रगत प्रवाहित भयो । मस्तिष्कको यो खण्डमा रक्त प्रवाहको कारणले तन्त्रिकाको माध्यमले दुखाइको अनुभव गरियो । 



अनुसन्धाताहरूका अनुसार मस्तिष्कका दुवै भाग एकअर्काका सामु हुन्छन् र रगत प्रवाह भएपछि तन्त्रिकाको माध्यमले दुखाइको अनुभव उत्पन्न गर्छन् । महिला बढी भावुककुनै जोडीमा झगडा हुँदा त्यसको चोट पुरुषले भन्दा बढी महिलाले अनुभव गर्छन् ।  

विभिन्न परस्पर विरोधी स्थितिमा पुरुष र महिला एकअर्काबीच कस्तो भावना अनुभव गर्छन् भन्नेबारे गरिएको अध्ययनले यो तथ्य पत्ता लगाएको हो । धेरैजसो पुरूष शक्तिशाली भावनालाई क्रोध वा अपमानका रूपमा लिन्छन्, जसले संघर्ष अझ बढाउँछ । 


उक्त अध्ययनमा स्पेनको ग्रेनाडा विश्वविद्यालयका १ सय ४२ विद्यार्थीले भाग लिएका थिए, ७५ महिला र ६७ पुरूष थिए । सबै विद्यार्थीलाई संघर्षका पाँच फरकफरक स्थितिमा राखिएको थियो । परिणामअनुसार संघर्षको स्थितिमा पुरुष र महिलाको भावना फरकफरक हुन्छ । 



प्रेमी आफूसँग रिसाए वा अपमानजनक व्यवहार गरे युवतीहरू दुःखी अनुभव गर्छन् । झगडाका बेला केटासाथीले हातै हाले केटीसाथी चाहिँलाई झन् बढी निराशाको अनुभूति हुन्छ ।



केटासाथी मजाले कराए युवतीहरू पीडा महसुस गर्छन् भने केटीसाथीले त्यस्तो व्यवहार गरे युवकहरू लजाउँछन् । अध्ययनअनुसार झैझगडा हुँदा पुरुष क्रोध वा प्रतिशोध दर्साउँछन्, महिलाहरू डराउँछन् र एक्लिएको अनुभव गर्छन् ।  








source:-kantipur

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login