थाइल्यान्डमा रोजगारी दिने भनी दुई करोड ३० लाख ठगी फरार


 होम कार्की काठमाडौं, वैशाख ५ - ४२ युवालाई रोजगारीका लागि भन्दै थाइल्यान्ड पुर्‍याएर २ करोड ३० लाख रुपैयाँ ठगी एक दलाल फरार भएका छन् ।
हङकङ आईडी बोक्ने विवेक भनिने शिवजङ सुम्बाले ती युवासँग प्रतिव्यक्ति साढे पाँचदेखि ६ लाख रुपैयाँ उठाइएका थिए । ती युवा मार्च ४ मा त्यसतर्फ गएका थिए ।
अलपत्र अवस्थामा पक्राउ परेका उनीहरूलाई स्थानीय प्रहरीले नेपालमा फिर्ता पठाइदिएको छ । गत शुक्रबार स्वदेश फिरेका पीडितहरूले सुम्बासहित दलाललाई कारबाही गर्न वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् ।
उनीहरूलाई थाइल्यान्डको पानी जहाजमा काम मिलाइदिने भनी बोलाइएको थियो । 'पानी जहाजमा काम मिल्छ । महिनामा कम्तीमा ७० हजार रुपैयाँसम्म हुन्छ भनेको थियो,' पीडितमध्येका धादिङका नवराज अधिकारीले भने, 'काम सुरु गर्ने भन्दै एक महिनासम्म अलपत्र अवस्थामा होटलमा राखिदिएर फरार भए ।'
होटलमा अलपत्र अवस्थामा बसिरहेका उनीहरूको साथमा श्रम अनुमतिपत्र नभएको भन्दै थाइल्यान्डका प्रहरीले पक्राउ गरेको थियो ।
पीडितमध्ये धेरै एउटै परिवारका छन् । 'सुरुमा पाँच जना थाइल्यान्ड पुर्‍याएको थियो । उनीहरूले आफ्नो कोटामा ४२ जना कामदार परेको र सबैलाई एकैचोटि काममा लगाउने भन्दै चिनजानलाई पनि बोलाउन भने,' पीडित ४२ वर्षीय पासाङ शेर्पाले कान्तिपुरलाई भने, 'हामीलाई विश्वास दिलाएकाले आफ्नो आफन्तलाई बोलायौं । सबै जना खुसी भएर आए । अहिले सबैको उठीबास बनायो ।'
पीडित कामदारले स्वदेशमा सुब्बाका सहयोगी अन्ना क्यासिनोमा कार्यरत उमेश भनिने सेतुमान राईलाई रकम बुझाएका थिए । उनले फास्ट इन्टरनेसनल ट्राभल एन्ड टुरबाट हुन्डीमार्फत हङकङ रकम पठाएको खुलेको छ । नेपालमा हुन्डीको कारोबार गर्न पाइँदैन ।
राई पनि पीडितको सम्पर्कबाहिर छन् । 'हामी राईलाई पैसा बुझाएको थियौं,' पीडित अधिकारीले भने, 'राईलाई पनि भेट्टाउन सकिएको छैन । पहिलो त्यस क्यासिनोमा सेतुमान रहेको बताउने अन्नाले अहिले नभएको जानकारी दिएको छ ।'
पीडितहरू साउदी अरब र कोरियाबाट फर्केका कामदार हुन् । 'कोरियामा फर्निचरको काम गर्थे । त्यताबाट फर्केलगत्तै थाइल्यान्डको काम पाउने सम्भावना देखियो,' शेर्पाले भने, 'त्यता जाँदा झन् डुब्यो ।' पीडितले राईलगायतलाई पक्राउ गरी रकम फिर्ता दिन विभागसमक्ष अनुरोध गरेको छ । 





source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login