उपचार गर्न नसकेपछि मृत्यु कुर्दै शिक्षक


 भीम चापागाईं इलाम,५  वैशाख स्थायी नियुक्ति पाएको वर्षदिन पनि नबित्दै तत्कालीन विद्रोही माओवादीको धम्कीका कारण नोकरीबाट विस्थापित कन्यामका एक शिक्षक रोगको उपचार गर्न नसक्दा ओछ्यानमै थलिएका छन् । रगत क्यान्सरबाट पीडित कन्याम-८ गोगनेका ४३ वषर्ीय केशव पौडेल उपचारका लागि रुपैयाँ नभएपछि दुई महिनादेखि रोग पालेर घरमै बस्न बाध्य भएका हुन् ।
पाँचथरको लुङरुपा- ५ स्थित महादेव गुप्तेश्वर माध्यमिक विद्यालयमा कार्यरत पौडेलले निम्न माध्यमिक तहमा स्थायी नियुक्ति पाएको एक वर्ष नबित्दै माओवादीको ज्यान मार्ने धम्की आएपछि जागिरै छाड्न बाध्य भएका थिए । पौडलले ०६२ सालमा निमावि तहमा नियुक्त भएर ज्यान बचाउनकै लागि ०६२ चैत २० मा जागिरबाटै राजीनामा गरेका थिए ।

पौडेललाई उपचारका लागि गाउँ विकास समितिको कार्यालय कन्याम, जिल्ला अस्पताल र नागरिक समाजले आर्थिक सहायता गर्न सरकारलाई सिफारिस गरेका थिए । तत्कालै ५० हजार रुपैयाँको औषधि निःशुल्क दिने घोषणा गरेको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म १२ हजार ४३ रुपैयाँ मात्रै दिएको शिक्षक पौडेलकी छोरी शर्मिलाले बताइन् ।
वीर अस्पताल काठमाडौंमा उपचार गराउँदा गराउँदै अस्पतालले औषधि बाँकी दिन नमिल्ने बताएपछि शिक्षक पौडेललाई फर्काएर घरमै ल्याउन बाध्य भएको शर्मिलाले गुनासो गरिन् । 'पैसा र औषधि दुवै नभएकाले बुबालाई दुई महिनायता उपचारविना नै घरमा राख्न बाध्य छौँ,' उनले भनिन् ।
उपचारका लागि प्रयोग हुने औषधि नेपालमा नपाइने र अत्यन्तै महँगो पर्ने भएकाले आर्थिक अभावका कारण उपचारै गर्न नसकेको उनको भनाइ छ । पौडेललाई पीडा कम हुने र निद्रा लाग्नेबाहेक अन्य औषधि गर्न नसकेको पौडेल परिवारले बताए ।
उपचारका लागि दिने सेवा र सरकारले दिने भनेको औषधि भए बाबु बाँच्ने आशा बोकेकी शर्मिलाले प्रधानमन्त्री झलनाथ खनाल एक साताअघि इलाम आएका वेला अनुरोध पत्र पेस गरेकी थिइन् । 'बुबा झन् सिकिस्त हुँदै गए पनि मेरो अनुरोधपत्रको कुनै प्रतिक्रिया आएको छैन,' उनले भनिन्, 'मेरो बुबालाई बचाउने काममा सबैले सहयोग गरिदिन अनुरोध गर्दछु ।'














source:-nayapatrika

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login