मलमूत्र खुवाउने तीन पक्राउ


सेतीमाया स्याङ्तानकी १० वर्षकी नातिनिको बिरामी भएर कपाल झर्न थालेपछि धामी बोलाएर आसन राख्दा ती देउरानी जेठानीको नाम बकेकाले धामीकै आदेशमा चैत्र ३० गते राती सिस्नो लगाएर मलमुत्र खुवाएको पीडितले बताएका छन् ।


काठमाडौं, ४ बैशाख, सिन्धुली सिन्धुलीको रानीचुरी गाविस-४ किर्नेखोलाका एकै घरका देउरानी जेठानीलाई बोक्सीको आरोपमा मलमुत्र खुवाउने तीन जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानिय हस्त बहादुर थिङ्ग चनक बहादुर थिङ्ग र दिल बहादुर थिङ्ग रहेका छन् । उनीहरुलाई गाऊ बाटै पक्राउ गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ । ३५ बर्षिया जेठानी सोममाया घिसिङ र देउरानी २७ बर्षिया मधुमाया घिसिङलाई गत चैत ३० गते उनीहरुले मलमुत्र खुवाएको भन्दै पीडितले शुक्रबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा कार्वाहीका लागि उजुरी दर्ता गराएका थिए । सोही गाविसकी सेतीमाया स्याङ्तानकी १० वर्षकी नातिनिको बिरामी भएर कपाल झर्न थालेपछि धामी बोलाएर आसन राख्दा ती देउरानी जेठानीको नाम बकेकाले धामीकै आदेशमा चैत्र ३० गते राती सिस्नो लगाएर मलमुत्र खुवाएको पीडितले बताएका छन् । घटना बिबरण अनुसार स्थानीय हस्तबहादुर स्याङ्तान र डिलबहादुर थिङले बैठक छ भनेर बोलाइ धामी चनकबहादुर थिङको आदेशमा घरको कोठामा थुनेर उनीहरुलाई मलमुत्र खुवाएका थिए ।






source:-dainikee
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login