छालाको रोग 'निको पार्न’ बैगुन चढाउनेको भीड

प्रेम बास्तोला सुनसरी, ३ वैशाख  अभियान नेपाल नामक गैरसरकारी संस्थामा भूमिअधिकारको पाटो सम्मालिरहेका इटहरीका सुवास गौतमले शनिबार इटहरी-४ स्थित कचना महादेव मन्दिरमा ४ घन्टा लाइनमा बसेर बैगुन (भन्टा) चढाए । इटहरी लेडी जेसिजकी मिनमाया खत्रीले पनि तीन घन्टा लाइनमै बसेर दुई भार बैगुन सोही मन्दिरमा चढाइन् । शनिबार गौतम र खत्रीजस्तै हजाराँै भक्तले छालाको रोग निको पार्न भन्दै सो मन्दिरमा बैगुन चढाए ।  प्रत्येक वर्ष वैशाख ३ गते इटहरी-४ को सो मन्दिरमा विशेष पूजा गरी बैगुनको जोडी भार चढाउने प्रचलन छ । सो मन्दिरमा बैगुनको भार चढाउन र पूजाआजा गर्न बिहान ३ बजेदेखि नै लाइन लाग्ने गर्छ । शनिबार पूर्वी नेपालको इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा र धनकुटाका सर्वसाधारण बैगुनको जोडी भार चढाउन र पूजा गर्न आएका थिए । सप्तरी, सिराहा, इलामलगायत जिल्लाबाट सयाँै संख्यामा गाडी नै रिजर्भ गरी सर्वसाधारण बैगुन चढाउन आएका थिए ।  शरीरमा निस्किएको मुसा, लुतोलगायतको चर्मरोग भएकाहरूले यस मन्दिरमा बैगुन चढाउनाले निको हुने जनविश्वास छ । 

गत साल शरीरका विभिन्न स्थानमा मुसा निस्किएपछि अस्पतालमा गएर उपचार गराएको, तर निको नभएपछि कचना महादेवको मन्दिरमा बैगुनको जोडी भार चढाएर पूजा गरेपछि मुसा शरीरबाट हराएको इटहरी लेडी सेसिजकी मीनामाया खत्रीले बताइन् । गत साल नै प्रत्येक वर्ष बैगुन चढाउन आउने वाचा गरेकाले यसपटक पनि चढाउन आएको उनले बताइन् ।  इटहरी-४ कै प्रतिमा खरेललाई पनि मुसाले सताएको थियो । डाक्टरी उपचारले निको नभएपछि शनिबार सोही मन्दिरमा गई बैगुनको जोडी भार चढाएकी छिन् । अबको केही महिनामै आफ्नो शरीरमा निस्किएको मुसा निको हुनेमा उनी विश्वस्त छिन् । आफूले भाकल गरेको कुरा पूरा हुने जनविश्वास भएकाले पनि सो मन्दिरमा बैगुन चढाउनेको घुइँचो लाग्ने गरेको इटहरी-४ की यशोदा दाहालले बताइन् । उनले चार वर्षअघि छाला रोग मुक्तिका लागि भाकल गरेकी थिइन् । पूरा भएपछि प्रत्येक वर्ष वैशाख ३ गते बिहानै मन्दिरमा बैगुन चढाउन लाइनमा बस्ने गरेको उनले बताइन् ।  वैशाखभरि विशेषगरी थारू ज्ातिको सिरुवा पर्व पनि पर्ने भएकाले परम्परागत रूपमा कचना महादेव मन्दिरमा बैगुनको जोडी भार चढाउने प्रचलनअनुसार प्रत्येक वर्षझैँ यस वर्ष पनि चढाउने काम भएको इटहरी-४ निवासी शिक्षक चूडामणि दाहालले बताए । उनका अनुसार, अरू वर्षभन्दा यस वर्ष सो मन्दिरमा बैगुन चढाउन आउनेको संख्या बढेको छ । मन्दिर परिसरमा पस्न सक्ने अवस्था नै नहुनेगरी यो वर्ष भीड बढेको उनले बताए । बिहान ३ बजेदेखि राति ८ बजेसम्म बैगुन चढाउनेलाई भ्याइ-नभ्याई हुने गरेको पुजारी वेदनाथ तिम्सिनाले बताए । प्रहरी र स्वयंसेवक खटाएर लाइनमा आलोपालो बैगुन चढाई पूजा गर्ने व्यवस्था गरे पनि कतिपय भक्तजन त्यसै र्फकने पनि गरेको उनले बताए ।  मन्दिरमा बैगुन चढाउँदा विशेषगरी छालाको रोग निको हुने गरेको उनको दाबी छ । 'शरीरभरि मुसा निस्किएर हजारौँ रुपैयाँ खर्च गर्दा पनि निको नभएकाहरू यहाँ आएर बैगुन चढाएपछि सो रोगबाट मुक्ति पाएका छन्,' उनले भने, 'त्यस्तै धेरैको लुतो र चिलाउने रोग पनि निको भएको छ ।' ऐतिहासिक र धार्मिक महत्त्व बोकेको यस मन्दिरको संरक्षणका लागि स्थानीय सरकारका रूपमा रहेको इटहरी नगरपालिकाले खासै महत्त्व नदिएको उनले गुनासो पनि गरे । मन्दिरलाई अझ व्यवस्थित गरी महत्त्वबारे व्यापक प्रचार गरे यसलाई धार्मिक पर्यटन क्षेत्रका रूपमा विकास गर्न सकिने उनले बताए । 








Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login