सुर्खेतमा गोली चल्यो विभिन्न स्थानमा गरी ३ जनाको मृत्यु


भारतमा भ्याक्कु चालकको रुपमा काम गर्दै गरेका मगरको घर आउँदै गर्दा वाटैमा हत्या भएकोले हत्याराले पिछा गरेर एकान्त पाएपछि हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

काठमाडौं, ३ वैशाख जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको ना ३ ख ७१३४ नं लाई चितवनको भरतपुरबाट हेटौँडातर्फ गइरहेको ना २ ख ९९७१ नं को ट्रकले पूर्वपश्चिम राजमार्ग मनहरीको ज्यामीरेमा ठक्कर दिदा मकवानपुरका ५० वर्षीय चालक गोविन्द कँडेलको मृत्यु भएको हो । वसको ठक्करवाट अन्य ६ जना यात्रु घाईते भएका छन् भने ठक्कर दिने ट्रकका चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय कमवानपुरले जनाएको छ ।

उता मुस्ताङ्गमा लेक लागेर एक तिर्थयात्रीको मृत्यु भएको छ । मुक्तिनाथ तिर्थयात्राका लागि आएका ७० वर्षिय एक भारतिय तिर्थयात्रुको मृत्यु भएको हो । मुस्ताङ्ग जिल्ला अस्पतालका प्रमुख डाक्टर भोजराज गौतमले दिनुभएको जानकारी अनुसार लेक लागेर हृदयघात भइ तिर्थयात्रीको मृत्यु भएको हो । लेक लागेर विरामीहुनेको संख्यामा पनि बृद्धि भएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै सुर्खेतको धुलियाविट नजिकै गए राति एक युवकको गोली हानी हत्या भएको छ । राति करिब ११ बजे साटाखानी ७ का ३० वर्षीय डम्बर थालमगरको अपरिचित समूहले गोली हानी हत्या गरेको जिल्ला प्रहरी प्रमुख राजु मानन्धरले जानकारी दिनुभयो । भारतमा भ्याक्कु चालकको रुपमा काम गर्दै गरेका मगरको घर आउँदै गर्दा वाटैमा हत्या भएकोले हत्याराले पिछा गरेर एकान्त पाएपछि हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । हाल शवलाई पोष्टपार्टमका लागी क्षेत्रिय अस्पताल कालागाउँमा लगीएको छ । हत्यावारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।









source:-dainikee
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login