विवाह मेलाको तयारी

काठमाडौ, पुस २१  - विवाहको मौसम सुरु हुँदै छ, कतै जोडी खोज्ने चटारोमा त हुनुहन्न ? अनि लमी, ज्योतिषी, चिना र शृंगारको झन्झट ? न आत्तिनुस्, राजधानीमा यी सबै पक्षलाई समेटेर बृहत् 'नारी वेडिङ एन्ड गिफ्ट एक्स्पो-२०११' हृुँदै छ । 


डाईरेक्सन नेपालले गर्दै आएको एक्स्पोको पाँचौं संंस्करण परिमार्जनसहित बिहीबारदेखि सुरु हुँदै छ । त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरको चौथो तल्लामा रहेको कन्भेन्सन सेन्टरमा पुस २५ गतेसम्म हुने विवाहका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू मात्रै हुनेछैनन्, विवाहमा कुरा चलाउनका लागि आवश्यक पर्ने लमीदेखि दुलहा-दुलहीको चिना देखाउनका लागि ज्योतिषी, विवाह गराउनका लागि पण्डितको पनि व्यवस्था हुनेछ । 


विवाहअगाडि कुन-कुन कुरामा ध्यान पुर्‍याउनुपर्छ र दाम्पत्यजीवनलाई सफल पार्नका लागि के गर्नुपर्छ भन्ने परामर्श पनि पाउन सक्नुहुनेछ । 'यही आएर विवाह गर्न कोही राजी छन्, त्यसका व्यवस्था पनि हुन्छ,' डाइरेक्सन नेपालका इमेन्ट निर्देशक पशुपति केसीले भने, 'विवाहको २५ वा ५० वर्षको वाषिर्कोत्सव मनाउने विशेष व्यवस्था हुनेछ ।' 

नेपाली परम्पराअनुसार मंसिर, माघ, फागुन, वैशाख विशेष गरी विवाहका लागि उपयुक्त महिना मानिन्छन् । यसपटक माघ र फागुन महिनामा बढी लगन परेको हुनाले यही 'माघ-फागुनलाई नै टार्गेट गरिएको' केसीले बताए । 
व्यस्तताका कारण वैवाहिक परम्परागत, भेषभूषा र गरगहना विस्तारै लोप हुँदै जान थालेकाले विभिन्न जातजातिको भेषभूषा र गरगहनाको प्रदर्शनसमेत एक्स्पोमा राखिने उनले बताए । 'विवाहमण्डप र  डोलीसँगै फोटो प्रदर्शनी, वेहुली शृंगार, फेसन शो पनि हुनेछ,' उनले भने, 'यी सबै गरेर ५५ वटा स्टल हुनेछन् ।' 
फोटो प्रदर्शनीमा मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, प्रदीप श्रेष्ठ, सुवर्ण क्षेत्री, फत्तेमान राजभण्डारी, गगन थापालगायतका चर्चित व्यक्तित्वको विवाहको फोटोसमेत राखिने उनले बताए ।



source:-kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login