मोबाइलबाट सेक्स टेप सार्वजनिक....


काठमाडौ, पुस २१ - सपिङ सकेर कोठामा फर्किंदा समृद्धिले आफ्नै बहिनीको रक्ताम्मे शव देख्छिन् । नाडीबाट बगिरहेको रगतले नजिकैको डायरी लतपतिएको छ, जसमा लेखिएको छ, 'अब म बाँच्नलायक रहिनँ ।'
खासमा समृद्धिकी बहिनी शिरीषले आफ्नो सेक्स टेप युट्युब र फेसबुकबाट सार्वजनिक भएपछि सहन नसकी आत्महत्या गरेकी हुन्छिन् । ब्वाइफ्रेन्ड चेकोसँग लागूपदार्थमा लठ्ठिएर गरेको यौनसम्पर्कको मोबाइल भिडियो अन्य साथीमार्फत सार्वजनिक भएको हुन्छ । शिरीषलाई एकतर्फी मन पराउँदै आएको योदिनले साथीहरूसँग मिलेर 'फेक अकाउन्ट' खोलेर त्यो काम गरेको हुन्छ ।
युवापुस्तामा पछिल्लो विकृतिका रूपमा फैलिएको घटनालाई लिएर यतिखेर निर्देशक सुरज सुब्बा 'नाल्बो' ले माथिका दृश्यहरू क्यामेरामा कैद गरिरहेका छन्, फिल्म 'सायद' का लागि । मंगलबार जोरपाटीस्थित चापागाइ स्टुडियोमा, जसलाई समृद्धिको कोठा बनाइएको छ, धमाधम सुटिङ भइरहेको थियो । दिदी बनेकी झरना थापाले दुई दिनपछि हुने आफ्नो विवाहका लागि सपिङ गरेर फिर्दा बहिनी (अनिता दाहाल) को मृत शरीर देखेकी हुन् ।
'वास्तवमा बहिनीको उक्त टेप सार्वजनिक आफ्नै हुनेवाला देवरले गरिदिएको हुन्छ,' घटनाबारे थप जानकारी दिँदै निर्देशक सुब्बाले भने, 'आफूलाई मन पर्ने केटीको अर्कै युवकसँग यौनक्रिया गरिरहेको भिडियो देखेपछि आक्रोशित भएर योदिनले सार्वजनिक गरिदिएको हो ।' योदिनको भूमिकामा संयम पुरी देखिएका छन् भने अराज केशव चेकोको भूमिकामा । चेकोकै मोबाइलबाट समझदारीमै निजी रूपमा खिचिएको उक्त भिडियो उनीहरूकै साथी सूचीले देख्छिन्, फोन गर्न चेकोसँग मोबाइल लिँदा । उक्त खबर सूचीले योदिनलाई सुनाउँछिन् ।
तर उक्त भिडियो पछि चेकोले डिलिट गरिदिएपछि पनि योदिनले कसरी फेला पार्छ ? कसरी सार्वजनिक हुन्छ ? अनि त्यसले के-कस्तो रूप लिँदै जान्छ र यसको असर उनीहरूको दाइ-भाउजूको बिहेमा कस्तो पर्छ भनेर फिल्मले खाका कोरिरहेको छ । ७० प्रतिशत छायांकन बाँकी रहेको निर्देशक सुब्बाले बताए । वास्तविक जीवनसँग धेरै हदसम्म मेलखाने विषयवस्तुलाई अझ निकट बनाउन निर्देशकले कलाकारको मेकअप र लाइटिङलाई पनि प्राकृतिक बनाएका छन् । 'फिल्मको विषयवस्तु नै डार्क भएकोले दृश्यहरू उज्यालो र चकाचक बनाउन आवश्यक ठानिनँ,' सिनेम्याटोग्राफर सञ्जय लामाले भने ।
'सायद' झरनाबाहेक सुनील रावल, ऋतिका लामा, विल्सनविक्रम राई, दिनेश रावल, गोपाल याक्तेन, किशोर साम्वाहाम्फे, अनिता र संयम सबैको डेब्यू फिल्म हो । द्वन्द्वका दृश्य नरहने फिल्म कलेज शिक्षामा केन्दि्रत रहेको यसका पटकथाकारसमेत रहेका सुब्बाले बताए ।
'अहिलेको पुस्ता पूर्वाधारमा सम्पन्न हुँदाहुँदै पनि कसरी पढाइमा असफल भइरहेको छ भन्ने कुरो सजीव किसिमले देखाउने प्रयास गरेका छौं,' सुब्बाले भने, 'संस्कार सिकाउने घरबाटै हो, तर परिवार यसलाई कलेजको जिम्मा देख्छ । उनीहरू बिग्रनमा ठूलो हात त देशको राजनीतिक अस्थिरता पनि हो ।' उनले फिल्मले पनि यिनै कुरालाई ध्यान दिने बताए ।
काठमाडौं आसपास छायांकन गरिने भनिएको फिल्मको सुटिङमा मंगलबार झरना बहिनीको दुःखद घटना बेहोर्नुदेखि लिएर आफैंसमेत केही गुन्डाहरूबाट मध्यरातसम्म आफ्नै कोठामा कुटिइरहेकी थिइन् भने सिनेम्याटोग्राफर लामा दृश्य खिच्नमै व्यस्त थिए, निर्देशक एक्सन-कटमा ।

source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login