१० माघ, काठमाडौं । राष्ट्र निर्माणका लागि आफ्नो प्राण आहुति गर्ने बीर सहिदहरुको सम्झनामा सोमबारदेखि सहिद सप्ताह सुरु भएको छ ।
सहिद सप्ताहको पहिलो दिन शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको टेकु पचलीमा श्रद्धान्जली कार्यक्रम आयोजना गरिएको छ । यसैगरी १३ गते धर्मभक्त माथेमा र १५ गते दशरचन्द ठाकुर र गंगालाल श्रेष्ठको सम्झना गरिन्छ ।
सहिद सप्ताहको अन्तिम दिन माघ १६ गते ज्ञात अज्ञात सम्पूर्ण सहिदहरुको सम्झनामा सहिद दिवस मनाउने गरिन्छ ।
प्रजातन्त्र स्थापनाका लागि निरंकुश राणा शासनविरुद्ध आवाज उठाएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरचन्द ठाकुर र गंगालाल श्रेष्ठलाई तत्कालीन शासकले हत्या गरेका थिए ।
source:-onlinekhabar


0 commentaires