कार्यकर्ता हत्याको विरोधमा अनिश्चितकालीन रौतहट बन्दको आह्वान


रौतहट १० माघ एकीकृत नेकपा माओवादी रौतहटले कार्यकर्ताको हत्याको विरोधमा आजदेखि अनिश्चितकालीन जिल्ला बन्दको आह्वान गरेको छ । माओवादी भोजपुरा राज्य समितिकी सदस्य रुक्साना खातुनको हत्या भएको विरोधमा माओवादीले अनिश्चितकालीन रौतहट बन्दको आह्वान गरेको हो । एक विज्ञप्ति प्रकाशित गरि हत्यामा संलग्नलाई तत्काल पक्राउ गरि कार्वाही गर्न र हत्या गरिएकी खातुनलाई सहिद घोषणा गर्न माग गरी बन्दको आह्वान गरेको हो । माओवादी रौतहटका इन्चार्ज अशोक जयसवाल र सहइन्चार्ज उपेन्द्र साहद्वारा संयुक्त हस्ताक्षरित उक्त विज्ञप्तिमा बन्द अवधिभर एम्बुलेन्स, चिकित्सक, सन्चारकर्मी कुटनीतिक नियोग, पर्यटकलगायत अत्यावश्यक सवारीसाधन भने चल्न दिने जनाइएको छ । यसैबीच खातुनको हत्याको जिम्मेवारी सशस्त्र भूमीगत संगठन जनतान्त्रिक तराई मधेश मुक्ति पार्टीले लिएको छ । पार्टीका केन्द्रीय अध्यक्ष भगत सिंहले स्थानीय सन्चारकर्मीहरुलाई टेलिफोन गरी पार्टीबिरुद्ध सुराकी गरेकोले आफ्ना रौतहट जिल्ला इन्चार्ज नेतृत्वको टोलीले खातुनको हत्या गरेको दावी गरेका छन् । खातुनको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले रौतहटको सर्बठा गाविसको छतौना टोलबाट एकजनालाई नियन्त्रणमा लिएको छ ।

source:-dainikee

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login