'नेताका फोस्रा आश्वासनले आवेशमा आएँ र झापड हाने'


सुनसरी, माघ ७ - सुनसरीको भरौलबाट बिजुलीको पैसा तिर्न आएका रेग्मीलाई कार्यक्रमबारे पूर्व जानकारी थिएन्। विद्युत प्राधिकरणमा पैसा तिरेपछि उनी कार्यक्रम हेर्न इटहरी नगरपालिका परिसरमा पुगेका थिए। कार्यक्रम स्थलमा पुगेपछि नेताहरूले देशलाई बिगारेर पनि जनतालाई फोस्रा आश्वासन दिन नछाडेको अनुभूति भयो, आवेशमा आएँ,' उनले खनाललाई दुर्व्यवहार गरेपछि संवाददाताहरूलाई भने, 'प्रवेश गर्ने कार्यकर्ताको लाइनमै बसेर टीको लगाउन खोज्दा झापड हाने।'


  
२०४६ सालयता एमालेका हरेक कार्यक्रममा सहभागी हुदै आएको उनले बताए। संविधानसभा निर्वाचनमा माओवादीको १० बर्षे 'जनयुद्ध'बाट केही उपलब्धि हुने आशामा भोट दिएको उल्लेख गर्दै त्यसयता उनी स्वतन्त्र जीवन यापन गर्दै आएको जानकारी दिए। 

'म किसान मान्छे, तर राजनीतिक दलका नेताहरूले देशलाई बिगारेको पीडा सहन सकिँन्,' उनले भने, 'मैले कसैको उक्साहट र लहैलहैमा लागेर (यसो) गरेको होइन्। मलाई नेपालको कानुनअनुसार कारबाही होस् तर देश भने बिगार्न पाइदैन्।' उनले खनाललाई पिट्नुको कारण प्रस्टसँग नभने पनि 'पटक-पटक तथस्ट बसेर देशलाई अनिर्णयको बन्दी बनाउँदा सारा नेपालीले दुःख पाएको प्रतिक्रिया दिएको' बताए।

'टेलिभिजनमा हेर्छु जहिले पनि मीठा र चिप्ला कुरा गर्ने दलका नेताहरूले नेपालीका छोराछोरीले पाएको दुःख नदेख्ने,' उनले भने, 'अनि तिनै बेरोजगारलाई झुटो आश्वासन दिएर पार्टी प्रवेश गराउने अनि पद नपाउँदा तथष्ट बस्ने।'

उनले देशमा शान्ति भए आफूले खनाललाई कुटेकोमा जस्तोसुकै सजाय भए पनि भोग्न तयार हुने बताए। उनले झापड हानेको प्रसंग दोहोर्‍याउँदै भने, 'मैले कुट्दा मलाई मारे पनि केही हुँदैन तर देशका सम्पूर्ण नागरिक सँधैभरि हाँसीखुसी बाची रहून्।' 

रेग्मीका कान्छा छोरा महेश बेरोजगार भएपछि राजधानी काठमाडौँमा जागिरको खोजीमा हिँडेका छन्। जेठा छोरा केशब भने सशस्त्र प्रहरीमा जागिरे छन्। कान्छो छोरा २० दिन अघि काठमाडौं गए पनि अहिलेसम्म देशको बिग्रदो अवस्थाले जागिर नपाएको रेग्मीको गुनासो छ। 

सात बर्षअघि सोलुमा शिक्षक काम गर्ने आफ्ना भाइ वेदप्रसादको हत्या हुँदा दलका नेताहरूले चासो नदिएको घटनादेखि नै नेताप्रति घृणा जाग्दै आएको उनले सुनाए। 'माओवादीको जगजगी भएको बेला मेरो भाइको हत्या भयो। तर कसैले केही गरेन, हत्या गर्ने व्यक्ति समेत पत्ता लागेन,' रेग्मीले भने।

खनाललाई झापड हान्ने रेग्मीले गाउँ-समाजमा अहिलेसम्म केही काम बिगारेको रेकर्ड नभएको छिमेकी विश्वमणि ढुंगानाले बताए। 'अहिलेसम्म काम बिगारेको केही थाहा छैन्। आज एक्कासि किन यस्तो गर्नुभयो म आफैँ अचम्भित भएको छु,' उनले भने। एमाले भरौलका नेता योगराज खड्काले उनी आफ्नै पार्टीको समर्थक रहे पनि सक्रिय कार्यकर्ता नभएको दावी गरे।

रेग्मी बिरुद्धसार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइने जानकारी इलाका प्रहरी कार्यालय इटहरीले दिएको छ।

source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login