डाक्टर निजी अस्पतालमा, विद्यार्थीले जाँच्छन् विरामी


काठमाडौं, माघ ७ - वीर अस्पतालका चिकित्सकहरू आफ्नो कामको जिम्मा स्नातक अध्ययनरत विद्यार्थी र 'इन्टर्न' लाई लगाएर आफू निजी क्लिनिकमा व्यस्त हुने गरेको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ । केन्द्रले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा चिकित्सकहरूले आफ्ना क्लिनिकमा आएका बिरामीलाई अस्पतालबाट निःशुल्क उपचार गराउने गरेको समेत उल्लेख छ ।
प्रतिवेदनमा 'वरिष्ठ चिकित्सकबाट जचाउन अस्पताल गए पनि यथार्थमा वरिष्ठ र कन्सलटेन्टलाई कार्यालय समयमा अस्पतालमा भेट्न मुस्किल पर्ने' उल्लेख छ । ती चिकित्सकहरूको नर्सिङहोम पनि भएकाले वीरका शय्ययाहरूमा पूर्ण रूपमा अस्पतालको अधिन हुनुपर्ने सुझाव पनि प्रतिवेदनमा दिइएको छ । केन्द्रले उक्त प्रतिवेदन स्वास्थ्य मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) मा पठाएको छ ।
'उहाहरू (चिकित्सक) ले आफ्नो जिम्मेवारी बोध गर्नुपर्छ,' केन्द्रका प्रमुख अधिकृत ताना गौतमले कान्तिपुरसँग भने, 'वरिष्ठ र कन्सलटेन्ट चिकित्सकलाई समयपालन अवधारणा 'फ्लेक्सी टाइम' ल्याउनुपर्ने देखिन्छ ।' केन्द्रले आगामी दिनमा वीरका चिकित्सकले निजी क्लिनिक र अस्पताललाई दिने समयबारे अध्ययन गर्ने बताए ।
केन्द्रलाई वीरमा अनुसन्धान गर्न सर्वसाधारण र स्वास्थ्य मन्त्रालयले समेत आग्रह गरेको स्रोतले बतायो । 'चिकित्सकले, चिकित्सकलाई नटेर्ने भएकाले अन्य निकायवाट समेत कमी कमजोरी बाहिर ल्याउनुपर्ने अवधारणा अनुसार सतर्कतालाई अनुरोध गरिएको थियो', स्वास्थ्य मन्त्रालयका एक बरिष्ठ पदाधिकारीले भने, 'बीरमा व्यापक परिवर्तन नगरेसम्म खासै कुनै परिवर्तन न हुने स्थिति देखिएको छ ।'
बीरका जिम्मेवार पदाधिकारीहरूले केन्द्रका अनुसन्धान अधिकृतहरूलाई अस्पताल समयमा निजी क्लिनिकमा बस्ने चिकित्सकको नाम सार्वजनिक नगन आग्रह गरेको  समेत स्रोतले दावी गर्‍यो । 'नाम सार्वजनिक, छडके आदि नगर्नुस म सुधार्छु', विरका एक जिम्मेवार पदाधिकारीले केन्द्रलाई गरेको अनुरोध उध्दृत गर्दै स्रोतले भन्यो । बीरका ति अधिकारीले चिकित्सकलाई एक्कासी कडाइ गर्‍यो भने उनिहरू प्रतिरोधमा उत्रने र अन्ततः सेवा प्रभावित हुने समेत जनाएका थिए ।
'तिव्र राजनीतिकरण, अनुसासनहिनता, प्रशासनिक दक्षता र प्राविधिक कुरा फरक हुनु लगायतका कारणले अस्पतालको जटिल अवस्था हुन थालेको हो', गौतमले भने, 'तर अस्पताल भित्रको समस्याका लागि नैतिक रूपमा नेतृत्वकर्ताले जिम्मेवारी लिनुपर्छ ।'
गएको महिना कान्तिपुरले दस दिनको अनौपचारिक सर्वेक्षणबाट वीरका करिब ८० प्रतिशत चिकित्सकले 'बंक' गर्ने गरेको समाचार प्रकाशित गरेको थियो ।

source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login