७ माघ, सिराहा । अपहरण र लुटपाटको बिरोधमा सिराहाका ब्यापारी तथा स्थानीयबासीले सिराहाको गोलबजारमा राजमार्ग अबरुद्ध पारेका छन् । सडकमा टायर बालेर गरिएको प्रदर्शनले गोलबजार हुँदै पूर्बपश्चिम राजमार्गमा चल्ने सवारी साधन तथा यात्रुहरु बिच बाटोमा अलपत्र परेका छन् ।
गएराति सिराहाकेा गोलबजारबाट निपनिया जाँदै गर्दा अपहरणमा परेका सरोज शाहको सकुसल रिहाईका लागि दबाबस्बरुप उनीहरुले प्रदर्शन गरेका हुन् । सिराहाको गोलबजारमा मनिट्रान्सफर संचालन गर्दै आएका बिनोद शाह र उनका भाई सरोज शाह साँझ घर फर्कदै गर्दा ५/७ जनाको संख्यामा आएको हतियारधारी समुहले सरोजको अपहरण गरेको हो ।
स १ प ९९६० मोटरसाईकलमा घर तर्फ जाँदै गर्दा मोटरसाईकलको पछाडि बसेको आफ्ना भाईलाई अपहरण गरेको र आफूलाई कुटपिट गरी लुटपाट गरेको उनले बताएका छन् । अपहरणकारीहरुको हतियार प्रहारबाट बिनोद शाह गम्भीर घाईते भएका छन् । उनको साथबाट सो समुहले १० लाख रुपैयाँ लुटपाट गरेको छ ।
source:-onlinekhabar


0 commentaires