६ माघ वीरगन्ज । पर्साको दुर्गम भेगमा रहेको ठोरी गाउँ विकास समितिमा खानेपानीको उचित स्रोत नहुँदा स्थानीय उपभोक्ताहरु दूषित पानी पिउन बाध्य भएका छन् ।
खानेपानीको व्यवस्था नहुँदा सो गाविसका झन्डै पाँच सयभन्दा बढी घरपरिवार दूषित पानी पिउन बाध्य भएको ठोरी गाविस-९ इच्छानगरका युवक रामप्रसाद ढुङ्गानाले बताउनुभयो । उहाँले स्थानीय उपभोक्ता समितिमार्फत शुद्ध पिउने पानीका लागि व्यवस्था गरिदिन सम्बन्धित निकायलाई आग्रह गरिएको भए पनि कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो ।
खानेपानीको स्रोत नहुँदा स्थानीयस्तरमा बग्ने ठुटे, ताललगायतका ठाउँको दूषित पानी पिउन आफूहरु बाध्य भएको उपभोक्ताहरुको भनाइ छ । जलवायु परिवर्तनका कारण जङ्गल क्षेत्रको मुहानसमेत सुक्दै गएका छन् ।
सदरमुकाम वीरगन्जबाट ६८ किलोमिटरको सुदूर उत्तरमा रहेको ठोरीका बासिन्दाहरुमा दूषित पानीका कारण पटकपटक झाडापखाला, आउँ, निमोनियालगायतका रोगका लक्षणहरु पनि देखिने गरेको बताइएको छ ।
source:-onlinekhabar


0 commentaires