सित्तैमा फोन गर्दा पक्राउ परिएला !

काठमाडौं, माघ ६ - पैसा लाग्ने होइन भन्दै १००, १०३, १०१, १९७, लगायतका नम्बरमा जथाभावी जिस्किएर फोन गर्दै हुनुहुन्छ भने तपाईंहरूले त्यस्तो छुट पाउनुहुन्न । कुनै पनि बेला प्रहरीले पक्राउ गर्न सक्छन् ।
प्रहरीले हालै राजधानीको तीन जिल्लाका प्रहरी परिचालन गर्ने कन्ट्रोल कक्षमा फोन गरी जथाभावी बोल्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय मातहतका ९ हजारभन्दा बढी प्रहरी परिचालन गर्ने उक्त कक्षमा ‘ब्लफ कल’ र तथानाम गालीगलौज गर्नेहरूका कारण धेरै अघिदेखि सुरक्षाकर्मी हैरान छन् ।
त्यस्तै प्रकारका फोन नेपाल टेलिकमको सोधपुछ कक्षको नम्बर १९७, दमकल बोलाउने १०१, ट्राफिकको कन्ट्रोल कक्ष १०३ लगायतका स्थानमा कार्यरत अधिकृतहरूले पनि ब्लफ कलका कारण हैरान हुने गरेको बताउँदै प्रहरीकहाँ गुनासो गर्न थालेका छन् ।
१९७ को फोनमा मात्रै दैनिक ३५ सयदेखि ४ हजारसम्म ब्लफ कल आउने गरेको उक्त कार्यालयका अधिकारीहरू बताउँछन् । सर्वसाधरणलाई टेलिफोन नम्बर निःशुल्क उपलब्ध गराउने १९७ मा दैनिक सरदर ३२ हजार टेलिफोनका घन्टी बज्ने गर्छन् । ‘साँझ परेपछि ब्लफ कल आउने झनै तीव्र हुन्छ ।’ १९७ कक्षका निराजन थापा भन्छन्, ‘सेवा उपलब्ध गराउने जिम्मेवारी पाएका हामी हदैसम्मको हैरानी नहुन्जेल प्रहरीलाई खबर गर्दैनौं तर कहिलेकाहीं त हदै गर्छन् ।’ 
त्यस्तै ट्राफिकको कन्ट्रोल कक्ष १०३ र दमकल बोलाउने १०१ नम्बरमा पनि असंख्य ब्लफ कल आउने गरेको ती कार्यालयका अधिकारीहरू बताउँछन् । महत्वपूर्ण व्याक्तिको सवारी चलिरहेको हुन्छ, कुनै महत्वपूर्ण सूचना होला भनी फोन उठायो, गलल्ल हाँस्दै जिस्कन्छन्, हामी तत्काल फोन गरेर काममा लाग्छौं । 
प्रहरी कन्ट्रोल कक्षका एक अधिकृत भन्छन्, ‘सञ्चार सेटमा आएका संकेतहरूलाई एकाग्र भएर सुन्दै निर्देशन दिनुपर्ने हामी एकाध बहुलठ्ठी व्यक्तिहरूले गर्ने हैरानीका कारण साह्रै प्रताडित छौं ।’ ती अधिकृतले भन्छन्, ‘अब त्यस्तो हैरान दिनेहरूलाई त्यत्तिकै छाडिदैंन ।’
प्रहरीका अनुसार बुधबार पक्राउ पर्ने बैतडी पाटन घर भएका ४२ वर्षीय पदम धिताल हुन् । उनले काठमाडौं महानगरपालिका १५ स्वयम्भूबाट मादक पदार्थ सेवन गरी प्रहरीलाई गाली गरेका थिए । प्रहरीले टेलिफोन नम्बरका आधारमा उनलाई पक्राउ गरेको थियो । घितालले आफू पश्चिम नेपाल स्वायत्त राज्य परिषद्को सचिव भएको बताउँदै माघ ४ गते साँझ ७ बजेदेखि कन्ट्रोल कक्षमा फोन गरी तथानाम गाली गर्ने गरेका थिए ।

source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login