दाङका गाविस एक वर्षदेखि सचिबविहीन

६ माघ, घोराही । दाङका चार गाविस एक बर्षदेखि सचिबविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । सचिव नभएका गाविसको काम अर्को गाविसका सचिबले गर्दै आएका छन् । एउटा सचिबले दुईवटा गाविसको काम भ्यानुपर्ने बाध्यताले दैनिक कामकाज प्रभावित हुनुका साथै सेवाग्राहीले पनि सास्ती बेहोर्नु परेको छ ।
दाङका हाँसीपुर, धनौरी, उरहरी र राजपुर गाविस एक वर्षदेखि सचिबविहीन छन् ।
जिल्ला बिकास समिति दाङका शाखा अधिकृत माधबप्रसाद सुबेदीका अनुसार सचिब नभएका गाविसका कामकाज नजिकको गाविसका सचिवलाई हेर्ने जिम्मेवारी दिइएको छ । उहाँका अनुसार अहिले रामपुर गाविसका सचिव केशवराज थापाले हाँसिपुर गाबिसको, श्रीगाउँ गाविसका सचिव टेकबहादुर खड्काले धनौरी गाबिसको पनि कामकाज गर्दै आउनुभएको छ । यस्तै बेला गाविसका सचिव मेघसिंह पछाइले राजपुर र टरिगाउँ गाविसका सचिवले उरहरी गाविसको कामकाज गर्दै आउनुभएको छ ।
एउटै गाबिस सचिबले दुईवटा गाबिसको काम गर्दा नागरिकताको सिफारिस, बिबाह दर्ता, सम्बन्ध बिच्छेद, जन्म तथा मृत्यु दर्ता गराउने जस्ता काम समयमा गर्न नसकिएको गाविस सचिबहरुले बताएका छन् ।

source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login