श्रीमतीको उपचार गर्न रकम संकलन गर्दा गर्दै श्रीमानको मृत्यु

धादिङ, माघ ८ - तीन बर्ष अगाडिदेखि श्रीमतीको दुवै मृगौला खराब भएपछि उपचारको लागि रकम संकलन गर्न रातोदिन मजदुरी गर्दै आएका श्रीमानको आफ्नै मृगालाकै समस्याबाट मृत्यु भएको छ । धादिङ जिल्ला कुम्पुर– २ परेवावाटार निवासी ३० बर्षिय यमबहादुर दर्लामी मगरको २ वटै मृगौलाले काम नगरेपछि गत पुष २७ गते उपचारको क्रममा मृत्यु भएको हो ।

श्रीमती चित्रकुमारी दर्लामी मगरको मृगौलाको उपचारका लागि रकम संकलन गर्न रातोदिन ड्राइभर काम गर्दै आएका यमबहादुर आफै मरेपछि अहिले परिवारको बिचल्ली भएको छ । विगत ३ वर्षदेखि चित्रकुमारीलाई मृगौला सम्बन्धी समस्या देखिएको भएपनि आर्थिक अभावकै कारण समयमै उपचार हुन सकेको थिएन । मजदुरी गरेर भएपनि केही रकम संकलन गरी श्रीमतीको उपचार गराउने चाहाना बोकेर श्रीमान यमबहादुरले दैनिक ओभरटाइम चालक काम पनि गरे । तर, उनी आफैंको मृगौलाको समस्याको कारण उपचारकै अवस्थामा ३० बर्षको उमेरमा मृत्यु भएपछि चित्रकुमारीसँगै छोराछोरीको पनि बिचल्ली भएको छ ।

चित्रकुमारी पनि अहिले हिडडुल गर्न नसक्ने अवस्थामा रहेकीले झन समस्या परेको स्थानीयबासीले बताएका छन् । चित्रकुमारीका १ छोरा र १ छोरी रहेका छन् ।

source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login