प्रकाश डोटेल/स्याङ्जा,८ माघ बहुविवाहको आरोपमा कारागारमा रहेका बाबु-आमासंग रहेकी साढे ४ महिनाको बालिका राधा नेपालीको संरक्षणका लागि जिल्ला बालकल्याण समिति, स्याङ्गजाले जाडोको कपडा र पौष्टिक आहार उपलव्ध गराएको छ ।
बानेथोक देउराली गाविस-२ स्थायी घर भएका बुबा नरबहादुर नेपालीले बहु-विवाह गरेको आरोपमा अदालतले १८ महिना कैद र जनही १० हजारका दर जरिवानाको सजाय गरेपछि बाबु नरबहादुर नेपाली र आमा निसा नेपाली सहित उनका साढे ४ महिनाकी छोरी राधा नेपाली माघ ५ बाट जिल्ला कारागार रहदै आएका छन् ।
कारागार नियमानुसार बाहिर सुत्केरी भई कारागार आएका सुत्केरी महिलाको संरक्षणमा कुनै पनि विषेश व्यवस्था नभएको र बालिकाको संरक्षणमा समेत ७ महिना नपुग्दासम्म कुनै सहयोगको व्यवस्था नभएकोले आमा र बालिकाको अवस्था जोखिममा परेको छ ।
जिल्ला बालकल्याण समिति स्याङ्गजाले कारागारमा रहेका बालिकाको संरक्षणका लागि शुक्रबार एक कार्यक्रमका बिच दुई हजार बरावरको जाडोका कपडा र पौष्टिक आहार उपलव्ध गराएको हो ।
बालिकाकी आमालाई कपडा तथा पौष्टीक आहार प्रदान गर्दै निमिक्त प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बालकल्याण समितिका अध्यक्ष नवराज बरालले बालिका र आमाको संरक्षणका लागि जिल्ला बालकल्याण समितिले सक्दो सहयोग गर्ने बताए । सोहि अवसरमा जिल्ला बालकल्यण समितिा बाल अधिकार अधिकृत बद्री प्रसाद वाग्लले बोलेका थिए ।
बुबा-आमा दुवै जना जिल्ला कारागारमा रहेपछि उनीहरुको २२ महिनाको छोरा प्रकास नेपाली र ६ वर्षी छोरी सरिता नेपालीको संरक्षणमा समेत समस्या परेको छ । हाल उनीहरु ७० वर्षी असक्त हजुरआमासंग बानेथोक देउरालीमा रहेका छन् ।
घरको अवस्था अत्यन्त कमजोर रहेको र कमाई गर्ने बुबा आमा पनि कारागारमा भए पछि असक्त हजुरआमालाई नाति-नातिनीको संरक्षण गर्ने समस्या परेका बताइएको छ ।

source:-dainikee

0 commentaires