दिल्ली जेलमा ४ महिना थुनिए निर्दोष नेपाली

आकांक्षा शाह, नयाँ दिल्ली, माघ १- भारतको राजधानीस्थित तिहाड जेलमा चार महिनादेखि थुनिएका एक निर्दोष नेपाली युवा शुक्रबार राति धरौटीमा रिहा भएका छन्। उनीविरुद्ध गर्दै नगरेको अपराधको आरोप लगाइएको थियो।

 २८ वर्षीय बैजुनाथ चौधरीलाई गत भदौ २४ गते काठमाडौंबाट आइरहेका बेला दिल्ली प्रहरीले इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टमा पक्राउ गरेको थियो। उनलाई पासपोर्टमा नक्कली तस्विर टाँसेको निराधार आरोप लगाइएर थुनामा राखियो। प्रहरीले 'पासपोर्टमा भएको तस्बिरसँग उनको अनुहार मेल खाँदैन' भन्ने दाबी गरेको थियो।
शुक्रबार दिल्लीको तिसहजारी अदालतले ३० हजार भारतीय रुपैयाँ धरौटी राखेर उनलाई मुक्त गर्‍यो। पर्साका चौधरी शनिबार दिउँसो घर फर्किएका छन्।

'राज्यविरुद्ध मुद्दामा चौधरीलाई पासपोर्टमा नक्कली फोटो टाँसेको निराधार आरोप लगाइएको छ। जबकि फोटो उनकै हो भन्ने प्रष्ट देखिन्छ,' चौधरीका लागि पैरवी गरेकी दिल्ली उच्च अदालतकी अधिवक्ता नन्दा शर्माले नागरिकन्युजसँग भनिन्- 'भारतीय प्रहरीले हाम्रो निर्दोष नेपाली भाइमाथि गरेको दुर्व्यवहारबाहेक यो अरु केही होइन।'

शर्माले भारतीय दण्ड विधानको सेक्सन ४२०, ४६८ र ४७१ अन्तर्गत 'जालसाजी र बेइमानी'को आरोपमा चौधरीविरुद्ध मुद्दा चलेको जानकारी दिइन्। सेक्सन ४६८ अनुसार राज्यलाई छल्ने उद्देश्यले सरकारी कागजात वा विद्युतीय अभिलेखमा जालसाजीको अपराध गर्ने व्यक्तिलाई सात वर्षभन्दा बढी जेल सजाय र जरिवाना हुन्छ।

भदौ २४ को त्यो दुर्भाग्यपूर्ण दिनमा चौधरी अरू १० नेपालीसँग दिल्ली हुँदै दुबई गइरहेका थिए, आप्रवासी कामदारका रूपमा।

उनी रिहा भएपछि नागरिकले उनलाई भेट्न निरन्तर प्रयास गर्दा पनि सम्भव भएन। पारिवारिक स्रोतका अनुसार 'जेलमा बस्नुपरेका पीडादायी दिन'मा गर्दै नगरेको अपराधका निम्ति भोगेको पीडाका कारण चौधरी सञ्चार माध्यमलाई प्रतिक्रिया दिनसक्ने अवस्थामा छैनन्। चौधरीलाई उनका बाबुको जिम्मा लगाइएको छ। उनका बाबु चौधरी गिरफ्तार हुनासाथ दिल्ली आएका थिए।

हालैका दिनमा भारत भ्रमणमा जाने थुप्रै नेपालीले यस्तो समस्या व्यहोर्नुपर्ने गरेको छ। गत वर्षमात्रै पासपोर्ट जालसाजी र ठगीको आरोपमा थुनामा राखिएका कम्तीमा सात नेपालीलाई धरौटीमा रिहा गरिएका मुद्दा जानकारीमा आएका छन्।

'गत वर्ष दिल्ली अदालतमा नेपाली पुरुष र महिलामाथि पासपोर्ट जालसाजीका आधारहीन थुपै्र मुद्दा थिए,' शर्माले भनिन्, 'राजदूतावासले प्रमाणीकरण गरिसक्दा पनि एकपटक यस्तो (जालसाजी) मुद्दा लागिसकेपछि नेपालीलाई जेलबाट रिहा हुन कठिन हुन्छ।'

source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login