५० प्रतिशत दलित बालबालिका विद्यालयबाहिर

वीरबहादुर गिरी जाजरकोट, ४  माघ जाजरकोटका अधिकांश दलित बालबालिका विद्यालयबाहिर रहेका छन् । गरिबीका कारण दलित बालबालिका पढ्नबाट वञ्चित भएका हुन् 
जिल्लाका ५० प्रतिशतभन्दा बढी बालबालिका विद्यालय शिक्षाबाट वञ्चित भएका छन् । दलित महिला सशक्तीकरण मञ्चले संकलन गरेको तथ्यांकअनुसार जिल्लाभरिका १३ हजार ३ सय दलित बालबालिकामध्ये ८ हजार बालबालिका विद्यालयबाहिर छन् । यस्ता बालबालिकाले परिवारको समस्या टार्न कडा परिश्रम गरिरहेको दलित महिला सशक्तीकरण मञ्चकी अध्यक्ष विष्णु नेपालीले बताइन् 
'परिवारका सबै सदस्यले काम नगरे खाना, लाउनको गुजारा नचल्ने हुदा बालबालिका विद्यालय नगएर बालश्रम गर्न बाध्य भएका हुन्,' उनले भनिन् । उनका अनुसार, आफ्नो जग्गा नभएका कारण खलिया, हलिया पेसामा जीवन निर्वाह गर्ने र भूमिहीन तथा सुकुम्बासी दलित परिवारका बालबालिका विद्यालय शिक्षाबाट वञ्चित भएका हुन् । गरिबीका कारण उनीहरूले बालबालिकालाई विद्यालय पठाउन नसकेको दलित महिला सशक्तीकरण मञ्चको तथ्यांकमा उल्लेख छ 
मञ्चका अनुसार, जिल्लामा ४ सय ६८ परिवार दलित, हलिया र १ हजार १ सय २६ दलित परिवार खलिया छन् । हलिया र खलिया प्रथाबाट जीवन निर्वाहमा समस्या भएकाले बालबालिकालाई विद्यालय पठाउन नसकिएको उनीहरू बताउँछन् 
यसैगरी, ६ सय ४३ परिवार भूमिहीन र ४ सय ३० दलित परिवार सुकुम्बासी छन् । यी परिवारका बालबालिकाले पनि विद्यालयको ढोकासमेत देख्न नपाएको मञ्चकी अध्यक्ष नेपालीको दाबी छ 
जिल्ला शिक्षा कार्यालय जाजरकोटले भने २५ प्रतिशत दलित बालबालिका मात्र विद्यालयबाहिर रहेको जनाएको छ । तर, यो तथ्यांकसँग दलित अधिकारसम्बद्ध संघसंस्थाले असहमति जनाएका छन् । 'कार्यालयको कागजी तथ्यांक हो,' राष्ट्रिय दलित नेटवर्कका अध्यक्ष करवीर चदाराले भने, 'यसमा दलित बालबालिकाको वास्तविक अवस्था छैन ।'

source:-nayapatrika
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login