बुधबारदेखि टेलिकमको सिपफोन

काठमाडौं, माघ ४  - नेपाल टेलिकमले विदेश बस्ने नेपालीलाई सस्तोमा देशभित्रै कल गर्न सकिने सिपफोन बुधबारदेखि सुरु गर्ने भएको छ। यो इन्टरनेटबाट गर्न मिल्ने फोन हो। 
सिपफोनको सफ्टवेयर कम्प्युटरमा डाउनलोड गरेर विदेशबाट नेपालमा, विदेशबाट विदेशमै र नेपालबाट नेपालमा यो फोनबाट कुराकानी गर्न मिल्छ। 'काठमाडौंमा पाँच ठाउँबाट सिपफोन बिक्री गर्न योजना बनाएका छौं,' टेलिकमका डेपुटी मेनेजर दिनेशदेव पन्तले भने। 

  
टेलिकमले टेकु, बानेश्वर (अल्फाबिटा), पाटन, चाबहिल र गोंगबु कार्यालयबाट सिपफोन बिक्री गर्दैछ। यसको लागि पाँच सय रुपैयाँ तिर्नुपर्छ। यसबाट चारसय ४१ रुपैयाँको कुराकानी गर्न सकिन्छ। यो फोनबाट कुराकानी गर्दा मिनेटको ८ रुपैयाँ (कर जोड्दा ११ रुपैयाँ ४४ पैसा) लाग्छ। विदेशमा रहेका नेपालीले यसबाट नेपाल कल गर्न सस्तो पर्ने पन्तले बताए। सिपफोनबाट सिपफोनमै कुराकानी गर्दा भने मिनेटको करबाहेक एक रुपैयाँमात्र लाग्छ। 

दूरसञ्चार प्राधिकरणले सिपफोनको महसुल स्वीकृत गरेपछि टेलिकमले व्यबसायीक रुपमा यो सेवा सुरु गर्न लागेको हो। सिफफोन लिदा टेलिकमले ग्राहकलाई युजर आइडी र पासवर्ड दिन्छ। त्यसलाई सिपफोनको सफ्टवेयरमा राखेर मात्र कल गर्न सकिन्छ। 

यो फोन विदेशमै रहेका नेपाली र छोटो समयको लागि जानेलाई समेत सजिलो हुनेछ। यसबाट नेपाली रुपैयाँमै विदेशबाट नेपाल र अरु देशमा कल गर्न सकिन्छ। टेलिकमले उपलव्ध गराउने सफ्टवयर एप्लिकेसन ल्यापटप वा इन्टरनेट चल्ने मोबाइल फोनमा डाउनलोड गरेपछि त्यसबाट नेपालमा कल गर्न मिल्छ। 

सुरुमा ग्राहक हुँदा तिरेको पाँच सय रुपैयाँले ६ महिनासम्म पुर्‍याएर कल गर्न सकिन्छ। त्यसपछि इजी कलको रिचार्ज कार्डबाट रिचार्ज गरेर कल गर्न मिल्छ। कम्प्युटरमा हेडफोन जोडेर कल गर्न सकिने यो फोन विदेशमा रहेका नेपालीलाई सुविधा दिनको लागि ल्याउन लागिएको हो। कम्प्युटरमा काम गर्दागर्दै पनि बिदेशमा रहेका नेपालीले यहाँ सस्तो मूल्यमा नेपालकै कम्पनीले मात्र पैसा पाउनेगरि यसबाट कल गर्न पाउँनेछन्। 

यो सेवा सुरु भएपछि अवैध भिओआइपी नियन्त्रण हुने आशा टेलिकमको छ। अवैध भिओआइपीले गर्दा टेलिफोन कम्पनीहरुले मासिक १६ करोड रुपैयाँ गुमाइरहेका छन्। छोटो समयको लागि विदेश जानेले यो सुविधा लिएर ल्यापटप लिएर जाँदा इन्टरनेट भएको जुनसुकै ठाउँबाट नेपालमा फोन गर्न सकिन्छ। 
यो फोनबाट देशभित्रै पनि कल गर्न सकिन्छ। तर, मिनेटको ११ रुपैयाँ ४४ पैसा पर्ने भएकोले यो फोन देशभित्र भन्दा पनि विदेशबाट कल गर्न सस्तो पर्ने टेलिकमका अधिकारीहरुले बताए। 

सिपफोन मार्फत जहाँबाट कल गरेको भएपनि रिसिभ गर्नेको टेलिफोनको डिस्प्लेमा ग्राहकलाई दिइएको एकाउन्ट नम्बर देखिन्छ। टेलिकमले सुरुमा ६०४ र त्यसपछि पाँचअंकको एकाउण्ट नम्बर दिन्छ।

source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login