सुजन तिम्सिना २९ पौष, इलाम । पर्यटकको आवतजावत हुने इलामको पशुपतिनगर नाकामा सूचना केन्द्र नहुँदा पर्यटकहरुलाई समस्या हुने गरेको छ । बर्षमा एक लाख बढी भारतीय पर्यटक पशुपतिनगर नाका भएर नेपाल भ्रमणका लागि आउने गर्दछन् ।
सरकार, स्थानीय निकाय र पर्यटनको क्षेत्रमा काम गर्दै आएका संघसंस्था र व्यक्तिले चासो नदिएका कारण सूचना केन्द्र निर्माण हुने नसकेको पशुपतिनगर पर्यटन विकास समितिका कमल गदालले बताउनुभयो ।
पशुपतिनगरमा सूचना केन्द्र भएमा देशको समग्र पर्यटकीयस्थलको विकास हुने स्थानीयबासी बताउँछन् ।
पूर्वी पहाडको एकमात्र नाका भएकाले पनि पशुपतिनगरमा सूचना केन्द्रको आवश्यकता रहेको इलाका प्रहरी कार्यालय पशुापतिनगरका निरीक्षक देबेन्द्र पाण्डेले बताउनुभयो ।
पशुपतिनगर नाका हुदै बर्षमा एक लाख ७३ हजार बढी पर्यटन नेपाल भ्रमणमा आएको तथ्याङ्कमा उल्लेख छ ।
source:-onlinekhabar


0 commentaires