तीन दशकमा पनि व्यवस्थित भएन मेची अञ्चल अस्पताल

मेची अञ्चलको सुविधासम्पन्न सरकारी स्वास्थ्य संस्थाका रूपमा स्थापित अस्पतालमा १८ जना चिकित्सकको दरबन्दी छ । तर, स्थापनाको ३३ वर्ष बितिसक्दा पनि दरबन्दीअनुसारका चिकित्सक अस्पतालमा छैनन् ।
झापा, २९  पुस
भौतिक पूर्वाधारको विकास र दक्ष जनशक्ति व्यवस्थापनमा नहुँदा झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालको सेवा प्रभावकारी हुन सकेको छैन । दरबन्दीअनुसार चिकित्सक सामान्य रोगका बिरामी पनि भारतीय अस्पताल र नर्सिङहोममा धाउन बाध्य छन् ।
स्थापनाको तीन दशक बितिसक्दा पनि सरकारले अस्पतालका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न नसकेको हो । सरकारको व्यवस्थापकीय कमजोरीले सेवा प्रवाहमा कठिनाइ हुदै आएको छ । अस्पतालमा शय्या बढाइए पनि सरकारले दरबन्दीअनुसारको जनशक्ति व्यवस्थापन गर्न नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टंक बाराकोटीले बताए ।
अञ्चलकै सुविधा- सम्पन्न सरकारी स्वास्थ्य संस्थाका रूपमा स्थापित अस्पतालमा १८ जना चिकित्सकको दरबन्दी छ । तर, स्थापनाको ३३ वर्ष बितिसक्दा पनि दरबन्दीअनुसारका चिकित्सक अस्पतालमा छैनन् । 'सरकारले अस्पतालको स्थापनाकालमा व्यवस्था गरेको दरबन्दी अहिलेसम्म पनि पूरा भएको छैन,' डा. बाराकोटीले भने, 'अब पनि दरबन्दीअनुसारका चिकित्सकको व्यवस्था गर्न नसक्ने हो भने अञ्चल अस्पतालको अस्तित्व संकटमा पर्छ ।'
अस्पतालमा १८ जना चिकित्सकको दरबन्दी छ । तर, हाल ११ जना मात्र कार्यरत छन् । आठजना मेडिकल अधिकृतको दरबन्दीमा पाँचजनाले मात्र काम चलाउनुपरेको छ । दुईजना नर्सको दरबन्दी ०४७ सालदेखि पूरा भएको छैन । चिकित्साशास्त्रमा एमबिबिएस अध्ययन गर्न आएका विद्यार्थी दुई वर्ष सरकारी स्वास्थ्य निकायमा काम गर्नुपर्ने पूर्व सर्त पूरा भएपछि अन्यत्र जाने भएकाले पनि उपचारमा समस्या हुने गरेको छ । प्याथोलोजिस्टको काम ल्याब टेक्निसियनले गर्दै आइरहेका छन् । नाक, कान, घाँटी, छाला तथा यौनरोगका विशेषज्ञको अहिलेसम्म अस्पतालमा प्रवेश भएको छैन । अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।
जनसंख्या वृद्धिदर उच्च भइसकेको अवस्थामा सरकारले थप जनशक्ति व्यवस्था गर्नुपर्नेमा पहिलेकै दरबन्दी रिक्त रहेको अस्पताल प्रशासनको गुनासो छ । जनशक्ति, उपकरण र सुरक्षा अभावले बिरामीको उपचारमा समस्या हुने गरेको अस्पतालका चिकित्सक डा. पीताम्बर ठाकुर बताउँछन् । 'सीमित डाक्टरलाई कामको बोझ बढी छ,' उनले भने, 'नभ्याएपछि कतिपय बिरामी रेफर गरेर पठाएका छौँ, यो हाम्रो बाध्यता हो ।' जनशक्ति अभाव हुदाहुदै पनि अञ्चल अस्पतालले गत वर्ष पाँच सय ९४ जना महिलालाई प्रसूति सेवा उपलब्ध गराएको उनले बताए ।
चालू आर्थिक वर्षको कात्तिकसम्ममा एक सय ४१ जना महिलाले यो सेवा पाएका छन् । तर, अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञको एक मात्र दरबन्दी छ । प्रसूतिका लागि सो अस्पतालमा २५ शय्या छन् । अस्पतालमा एकै दिन पाँचवटासम्म सिजरियसन सेक्सन गर्नुपर्ने बाध्यता छ । अस्पतालमा आइसियू र सिसियूको व्यवस्था हुन सकेको छैन । अञ्चलभरिका कुनै पनि सरकारी तथा निजी अस्पतालमा यो सुविधा उपलब्ध नहुँदा बिरामी भारतीय अस्पताल र नर्सिङहोममा धाएर महँगो शुल्कमा उपचार गर्न बाध्य छन् । उपचारखर्च तिर्न नसकेर कतिपय बिरामी भारतीय अस्पताल र नर्सिङहोममा बन्धकसमेत बनाइएका छन् । जिल्लामा भरपर्दाे र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध नहुदा बर्सेनि करोडौँ रूपैयाँ बिदेसिने गरेको छ ।

source:-nayapatrika
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login