कक्षा ११ को नतिजा आज आउँदै

रुबी रौनियार, काठमाडौं, पुस २९- उच्चमाध्यमिक शिक्षा परिषद्‍ले कक्षा ११ को परीक्षाको नतिजा बिहीबार प्रकाशन गर्दैछ। यसका लागि तयारी भइरहेको परिषद्‍ले जनाएको छ। परिषद्‍का सदस्यसचिव भिमलाल गुरुङले परीक्षाको नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको नागरिकन्युजलाई बताए।  


'कक्षा ११ का विभिन्न सङ्कायका ४ लाख ३० हजार परीक्षार्थीको नतिजा आज ५ बजे प्रकाशित गर्ने तयारीमा लागेका छौं', सदस्यसचिव गुरुङले भने- परिषद्‍का कर्मचारी नतिजा प्रकाशन गर्न परीक्षार्थीको नतिजालाई कम्प्युटरमा अपडेट गरिरहेका छन्। यस वर्ष नतिजा प्रकाशनमा १ महिना ढिलाई भएको छ।

परिषद्का सदस्यसचिव र उपाध्यक्षको कार्यकक्षमा तीन महिनाअगाडि अखिल नेपाल केन्द्रीय समिति, अखिल क्रान्तिकारी केन्द्रीय समिति र नेपाल राष्ट्रिय कर्मचारी सङ्घले विभिन्न मागसहित गरेको तालाबन्दीले नतिजा प्रकाशनमा ढिलाई भएको गुरुङले बताए।

परिषद्‍मा तीन महिनादेखि तालाबन्दीले परीक्षाको नतिजा प्रकाशनको कामकारबाही रोकिएको र  जेठमा माओवादीको आन्दोलनले गर्दा परीक्षा २ हप्ता सरेकाले यस वर्षको नतिजा प्रकाशन ढिलो भएको उनले स्वीकारे।

गत वर्ष कक्षा ११ को नतिजा मङ्सिर पहिलो साता प्रकाशित भएको थियो।

source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login