पुरुषविहीन गाउँमा बाटो खन्दै वृद्धाहरू

बुहारीहरू घाँसपातमै ठिक्क हुने र पुरुषहरू पनि नभएका वेला गाउँमा आएको विकास फिर्ता जाला भनेर आफूहरू लागि परेको ७० वषर्ीया जगुली बोगटीले बताइन्
डोटी, २७ पुस दक्षिण डोटीको बोगटान क्षेत्रका दुर्गम गाउँ अचेल पुरुषविहीन छन् । गाउँका सबैजसो पुरुष रोजगारीका लागि भारत गएकाले गाउँका जुनसुकै काममा महिला नै अघि सर्नुपर्ने बाध्यता छ 
भारतका विभिन्न सहरमा चौकीदारी गर्ने पुरुष एकमहिने बिदामा गहुँखेती लगाएर मंसिर अन्तिमतिर फर्केपछि गाउँ पुरुषविहीन भएका हुन् । पुरुष नभए पनि गाउँको विकास-निर्माण भने रोकिएको छैन 
महिलाहरू पुसको जाडोको कुनै पर्वाह नगरी गाउँमा मोटर पुर्‍याउन आफैँ बाटो खन्न जुटेका छन् । दक्षिणी डोटीको बोगटान क्षेत्रमा पर्ने गगुडा, सातफरी र चवराचौतारा गाविसका एक हजारभन्दा बढी महिला आ-आफ्नो समूहमार्फत घरघरबाट सब्बल र घैटी लिएर आफैँ बाटो खन्न जुटेका हुन् 
नातिनातिना काखी च्यापी तातो ओछ्यानमा बस्नुपर्ने उमेरका महिलाहरू एकसाथ कम्मर कसेर सडक खन्न लागिपरेका छन् । गाउँमा मोटरबाटो पुर्‍याउने वर्षौंदेखिको धोको पूरा गर्न बुढेसकालमा पनि बाटो खन्न तम्सिएको उनीहरू बताउँछन् । पुरुषको भर पर्दा गाउँमा गाडी गुडेको देख्ने सपना चाँडै पूरा नहुने भएकाले आफैँ अघि सरेको पलाडीकी ७० वर्षीया जगुली बोगटीले बताइन् 
जिटिजेडको आर्थिक सहयोगमा ग्रामीण पहुच कार्यक्रमअन्तर्गत सोर्स नेपालको सहजीकरणमा खनिन लागेको २६ किलोमिटरमध्ये १० किलोमिटर सडक खन्न बिहानैदेखि उनीहरू जुट्ने गरेका छन् । काम गरेबापत जिटिजेडले प्रतिदिन प्रतिव्यक्ति दुई सय ५० रुपैयाँ दिने गरेकाले पनि महिला उत्साहित भएका हुन् । 'दुई दिन हिँडेर दिपायलबाट चामल किनेर ल्याउँथ्याँै, अब गाडी चल्न थालेपछि सस्तो मूल्यमा गाउँमै चामल किन्न पाइन्छ भनेर ठन्डी नभनी बाटो खन्न लागेका हौँ,' गगुडा गाविस-२ पलाडीकी ७१ वषर्ीया भागादेवी बोगटी भन्छिन् 
बुहारीहरू घाँसपातमै ठिक्क हुने र पुरुषहरू गाउँमा नभएका वेला गाउँमा आएको विकास फिर्ता जाला भनेर आफूहरू लागि परेको पलाडीकी ७० वर्षीया जगुली बोगटीले बताइन् । 'चार महिनामा तीन किलोमिटर सडक खनिसक्यौँ, असारसम्म १० किलोमिटर बाटो गाडी गुडाएरै छाड्नेछौँ,' उनी भन्छिन् 
तिखात्तर-चबराचौतारा सडक नामकरण गरिएको सो सडक खन्नका लागि ६६ वटा समूह गठन गरिएको छ । गगुडा, सातफरी र चबराचौतारा गाविसका प्रत्येक घरका एकजना गरी सात सयभन्दा बढी दलित र गैरदलित महिलाले सडक खन्ने काम गरिरहेको ग्रामीण पहुँच कार्यक्रमका जिविस फोकल पर्सन हिक्मत रोकायाले बताए 
आ-आप\mनो समूहमार्फत काममा लागेका यहाँका महिला ढुंगा फोर्ने, ग्याबिन जाली भर्नेलगायत सबै काम गर्न थालेका छन् । महिला समूहद्वारा खनिन लागेको सो सडकको लम्बाइ ३१.१ किलोमिटर रहेको र सोको बजेट रकम १३ करोड रहेको जिविस फोकल पर्सन रोकायाले जानकारी दिए । तीन वर्षअघिदेखि सुरु गरिएको बाटो निर्माणको काम असारमा सम्पन्न हुने र त्यति वेलासम्म तिखात्तरदेखि चबराचौतारासम्म गाडी पुर्‍याई छोड्ने परियोजनाको लक्ष्य रहेको उनको भनाइ छ 

source:-nayapatrika
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login