सेतो मत्स्येन्द्रनाथको महास्नान

काठमाडौ, पुस २९  - सेतो मत्स्येन्द्रनाथको महास्नान बौद्ध धर्मिक परम्पराअनुसार राजधानीको केलटोलस्थित कनक चैत्य महाविहार प्राचीन नाम रहेको जनबहालमा बुधबार सम्पन्न भयो । 
मत्स्येन्द्रनाथको मूर्तिलाई मन्दिरबाट बाहिर ल्याई मन्दिरकै अगाडि रहेको डवलीमा सप्त नागसहितको आसनमा विराजमान गराई छवटा तामाको घडामा रहेको पानीमध्ये दुई जनाले एकै साथ तीन पटक र एक जनाले एक पटक तातो पानीले महास्नान गराइएको थियो ।
स्नान गराइरहँदा पञ्चताल -पैंता) नामको परम्परागत बाजा बजाइरहेको थियो । महास्नान गराउनुअघि मत्स्येन्द्रनाथको मूलपुरोहितले दस दिशामा बौद्ध परम्परा अनुसार चर्या नृत्य गर्दै दस दिक्पालको पूजा गरेका थिए ।
महास्नान गराउन बौद्ध तान्त्रिक विधिअनुसार नवनाग साधनाका साथ कलशाचार्य पूजा गरी शोभा भगवतीसँगैको निर्मल तीर्थ 
-भचाखुसी) र विष्णुमतीको दोभानबाट छवटा तामाको र तीनवटा चाँदीका घडामा पवित्र जल राखी मंगलबार ल्याइएका थिए । 
त्यसरी ल्याइएको घडाहरूमध्ये महास्नान गराई बाँकी रहेका जलले भरिएका तीनवटा घडालाई मत्स्येन्द्रनाथ, करुणमय र आर्यताराको साधना गरेर मत्स्येन्द्रनाथ मन्दिरभित्रै राखेका थिए ।
महास्नाथपछि मत्स्येन्द्रनाथको मूर्तिलाई तासको कपडाले बेरिएर बाजागाजासहित मन्दिर परिक्रमा गराएर मन्दिरभित्र आफ्नो आसनमा नराखी अलग्गै विराजमान गराइएको थियो । महास्नान अवलोकन गराउन देशमा जीवितदेवीको रूपमा रहेकी कुमारीलाई कुमारीघरबाट स्नानस्थलमा पुर्‍याइएको थियो । 

मत्येन्द्रनाथको मूर्तिलाई माघ ५ गते पूणिर्माका दिन बौद्ध परम्परा अनुसार प्राणप्रतिष्ठा गराई पुरुष र नारी दुवैलाई गरिने जात कर्म, नामकर्म, अन्नप्रासन, उपनयन, चूडाकर्म, इही -बेल विवाह), गुफा राख्ने आदि दसकर्म गराइसकेपछि मात्र आफ्नै आसनमा राखिनेछ ।

source:-kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login