मुम्बईबाटै निखिलको फिल्म

मुम्बई, पुस २९  - झन्डै एक वर्षको मुम्बई बसाइपछि अभिनेता निखिल उप्रेती नयाँ नेपाली फिल्ममा देखा पर्दै छन्, त्यो पनि बलिउडबाटै बन्न लागेको नेपाली फिल्ममा । सेलिबि्रटिज स्टारडस्टको ब्यानरमा सुरेश सुमनको प्रस्तुति रहेको 'परिचय' मार्फत उनी पुनः नेपाली फिल्मी दुनियाँमा परिचय दिन आउन लागेका हुन् ।  

दर्जनांै धारावाहिक हिन्दी टेलिसिरियलको निर्माण गर्दै आएका सञ्जय नरेन्द्रद्वारा निर्माण गर्न लागिएको यस फिल्मलाई हिन्दी चलचित्र गदरका निर्देशक अनील शर्माको सहायक रहेर काम गरेका आकाश पाण्डेले निर्देशन गर्नेछन् । आकाशकै कथा रहेको फिल्ममा संवाद नरेन्द्र तिमिल्सेना निलेसले लेखेका छन् । 

बैंकक, काठमाडांै र पोखरामा छायांकन गरिने 'परिचय'मा शिखर सन्तोषको संगीत रहेको छ । तीनवटा गीतको रेर्कडिङ मुम्बई अन्धेरीस्थित कुमार सानुको स्टुडियोमा भइसकेको छ । उदितनारायण झा, साधना सरगम, सुनिधि चौहानलगायतले स्वर दिएका छन् । 

फिल्ममा निखिल विल्कुलै नयाँ गेटअप हुने दाबी गरिएको छ । सुरुमा साधारण युवाको भूमिकामा देखिने उनी पछि सफल, धनी र आधुनिक युवाको रूपमा हुनेछन् । निखिलको जोडीको रूपमा बलिउडकै एक सफल नायिकालाई लिइने निर्देशक आकाश पाण्डेले जनाए । पाण्डेले हिन्दी र नेपाली फिल्मी कलाकारबीच सम्बन्ध स्थापना गर्न र यहाँको प्रविधिलाई नेपाल भित्र्याउन फिल्म बनाउन लागिएको बताए ।  

फिल्ममा साधारण युवक र फिल्मी स्टार बन्ने लक्ष्य बोकेकी अति महत्त्वाकांक्षी युवतीबीच कसरी सम्बन्ध अघि बढ्छ र विवाहपछि कस्ता समस्याहरू उत्पन्न हुन्छन् भन्ने देखाउन खोजिएको पाण्डेले बताए । 'इमोसनल लभस्टोरी, एक्सन र नयाँ रेर्कड राख्ने खालका स्टन्डहरू हुनेेछन्,' उनले भने । 

केही दिनमै सुटिङ सुरु गर्न लागिएको फिल्म एक करोडभन्दा बढीको लागतमा बनाउन लागिएको निर्माता सञ्जय नरेन्द्रले बताए । 'स्तरीय बनाउन कुनै कन्जुस्याइँ हुनेछैन,' उनले भने । नायक निखिलले चाहिँ मुम्बईमै बसेर फिल्मी करिअर अघि बढाउने योजना सुनाए । 'यतै बसेर पनि वर्षमा दुई/तीनवटा नेपाली फिल्ममा अभिनय गर्ने योजना छ,' उनले भने, 'यो फिल्म सकिनेबित्तिकै अर्को महत्त्वाकांक्षी प्रोजेक्ट सुरु गर्दै छु ।'   चलचित्रको छायांकन यसै फेब्रुअरी महिनाबाट सुरु हुने निर्माण पक्षले जनाएको छ ।

source:-kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login