दमक, पुस २९ - शरणार्थी दर्जा र राहत सुबिधाको माग गर्दै चार दिनदेखि आमरण अनसनमा बसेका भुटानी शरणार्थीहरुको स्वास्थ्य कमजोर बन्दै गएको छ । शिबिर ब्यबश्थापन समितीको कार्यलय अगाडि ४० जना अनसनमा बसेका छन् । अनसनको अगुवाई गरेका राहत बञ्चित पीडित शरणार्थी समूहका संयोजक नन्दु पौडेलका अनुसार यूएनएचसिआर र प्रशासन शरणार्थीलाई न्याय दिन तयार नभएसम्म अनसन जारी रहने छ । गम्भिर समस्या नदेखिए पनि केही अनसनकारीहरु बेलाबेला बेहोस हुने गरेका छन् ।
शनिश्चरे शिबिरका शरणार्थीहरुको अनसनमा ऐक्यबद्धता जनाउन आज देखि बेलडांगीका तीनवटै शिबिरहरुमा आमरण अनसन सुरु भएको छ । संयोजक पौडेलले नेपाल सरकार र यूएनएचसिआर यसअघिको सहमति अनुसार शरणार्थीलाई परिचय पत्र र राहात उपलब्ध गराउनु पर्नेमा उल्टै थाहा नपाए जस्तै गरेकोले आमरण अनसन गर्नुपरेको बताए । आन्दोलनकारी शरणार्थीहरुले आगामी माघमा हुन लागेको शिबिर ब्यबस्थापन समितीको चुनाव अघि राहात पीडितको समस्या समाधान गर्न,शरणार्थीलाई परिचय पत्र दिन,दर्ता नभएका शरणार्थीको दर्ता प्रक्रिया खुल्ला गर्न,मिश्रति बिबाह भएका परिवारको समस्या समाधान गर्न र राहात रोक्का शरणार्थीलाई मतदान र उम्मेदवारीमा सहभागी हुन पाउनु पर्ने माग गरेका छन् । पांचै किसिमका शरणार्थीहरु शिबिरमा ४हजारभन्दा बढी भएको दाबी गरिएको छ ।
source:-ekantipur


0 commentaires