यौनजीवन र औषधि(स्वास्थ्य)

काठमाडौ, पुस १७  - प्रेम अभिव्यक्ति गर्ने सबैभन्दा राम्रो माध्यम यौन हो । पतिपत्नीको सम्बन्धको गहिराइ धेरै हदसम्म उनीहरूको यौनजीवनमा निर्भर हुन्छ । तर कतिपय समय आपसी सम्बन्ध राम्रो हुँदाहँुदै पनि यौनजीवन प्रभावित हुन्छ । अध्ययनहरूले यसो हुनुका विभिन्न कारण औंल्याएका छन् । 


कुनै कुनै अवस्थामा औषधि सेवनले समेत यौनजीवन प्रभावित हुने गरेको छ । मनोवैज्ञानिकहरूका अनुसार यस्ता धेरै औषधि छन्, जसको सेवनले यौनजीवनमा गहिरो असर पर्छ । विश्वकै विभिन्न ठाउँमा भएका यस्ता अध्ययनले कुनकुन औषधिले यौनजीवन प्रभावित गर्छन् भन्ने स्पष्ट पार्दै आएका छन् । 

यौनका लागि आवश्यक हार्मोन, शरीरको आवश्यकता र सन्देशलाई मस्तिष्कसम्म पुर्‍याउने तत्त्व डोपामाइन, सेरोटोनिन र यौनअंगबीच तालमेल आवश्यक हुन्छ । डोपामाइनले यौनक्रियालाई बढाउँछ, सेरोटोनिनले त्यसलाई कम गर्छ । औषधिले यी हार्मोनको स्तरमा परिवर्तन ल्याए कामेच्छा र कामशक्तिमा कमी आउँछ । 

तर तपाईंमा सधैं यौनसम्पर्कप्रति अरुचि जाग्नुमा औषधि नै कारक रहेको होला भन्ने बुभmनुहुँदैन । तपाईंलाई आपmनो यौनजीवनमा परिवर्तन अनुभव थालेको छ भने औषधि बन्द गर्नुअघि चिकित्सकसँग सल्लाह लिन ढिलाइ गर्नुहुँदैन । 


यौनजीवनलाई प्रभावित गर्ने औषधि

उच्च रक्तचापको औषधिले यौनजीवनलाई प्रभावित गर्न सक्छ । क्लोनिडिन, अल्फा मिथाइल डोपर, ग्वानेथिडिनजस्ता औषधिले कामेच्छामा कमी ल्याउँछन् । बिटास्पेन, अल्फाडोपा, डोपाजिटजस्ता रक्तचापका अन्य औषधिले समेत कामेच्छामा कमी ल्याउँछन् । रक्तचापको औषधि सेवनले शरीरमा प्रोलक्टिन नामक हार्मोनको मात्रा बढ्छ । यो हार्मोन पुरुषमा नपुंसकताको खतरा बढाउन जिम्मेवार मानिन्छ । 

हार्मोनसम्बन्धी औषधिले समेत यौनजीवन प्रभावित हुन्छ । एन्टी एन्ड्रोजोन औषधि 

-जस्तो ः साइप्रोटोरान र किटोकोनोजोल) ले शरीरमा टेस्टोस्टेरोन हार्मोनमा कमी ल्याउँछन् । यसले सम्बन्धित पुरुष नपुंसकताको सिकार हुन्छ । थाइरोक्सिन औषधिको अनावश्यक उपयोगले पनि यौनेच्छा घटाउँछ । एन्ड्रोजोनको बढी मात्रा लिनाले कामेच्छामा कमी, वीर्यको मात्रामा कमीजस्ता समस्या उत्पन्न हुन्छन् । 

पीडानाशक औषधि पनि यौनेच्छा न्यून गर्न जिम्मेवार मानिन्छन् । यौनक्षमता बढाउने औषधि र पेनकिलर सँगसँगै सेवन गर्दा धेरै किसिमका साइड इफेक्ट हुन सक्छ । यसैले चिकित्सकको परामर्शबिना यस्तो औषधि लिनुहँुदैन । 

दममा उपयोग हुने औषधि 

-जस्तो ः एफिडि्रन, इरब्युटालिन) ले सिम्पेथोमिमेटिक परिणाम देखाउँछन् । त्यसैले यिनको सेवनले पुरुषको लिंगमा तनाव कम हुन थाल्छ । अल्सरको उपचारमा उपयोग गरिने सिमेटिडिन, रेनिटिडिन, अल्टेकजस्ता औषधिको नियमित उपयोगले पनि त्यस्तै दुष्प्रभाव उत्पन्न हुन्छ । 

एन्टिडिप्रेसेन्ट अर्थात् अवसाद हटाउने औषधिको निरन्तर सेवनले समेत यौनेच्छा मर्दै जान्छ । निद्राका लागि उपयोग गरिने औषधि बेलियम, डाइजेपाम, कम्पोज तथा पीडानाशक माफिर्न र कोडिनजस्ता औषधिले समेत त्यस्तै परिणाम देखाउँछन् । 

विभिन्न अध्ययनले के सुझाव दिएका छन् भने तपाईंले नियमित रूपमा कुनै औषधि उपयोग गरिरहनुभएको छ र यौनजीवनमा परिवर्तन पनि अनुभव गरिरहनुभएको छ भने चिकित्सकसँग सल्लाह लिन ढिलो गर्नुहुँदैन ।



source:-kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login