दश लाख पर्यटक भित्राउने लक्ष्यसहित पर्यटन वर्ष सुरु

१७ पौष, काठमाडौं । ‘पर्यटनका लागि सँगसँगै,’ भन्ने मूल नाराका साथ शनिबारदेखि नेपाल पर्यटन वर्ष २०११ सुरु भएको छ । दश लाख पर्यटक भित्राउने लक्ष्यसहित सुरु भएको पर्यटन वर्षको औपचारिक उदघाटन भने पौष ३० गते गरिने छ ।
सार्क राष्ट्रका पर्यटनमन्त्रीहरु सहितको सहभागितामा काठमाडौंको दशरथ रङ्गशालामा कार्यक्रम उदघाटन गरिने पर्यटन वर्ष मूल समारोह समितिका संयोजक योगेन्द्र शाक्यले जानकारी दिनुभयो । पर्यटन वर्षको औपचारीक घोषणा हुने दिन आमादब्लम शिखरमा दप्ा प्रज्वलन गरिने भएको छ ।
पर्यटन बर्षको अवसरमा आज बिहान त्रिभुबन अन्तराष्ट्रिय बिमानस्थलमा उत्रने पहिलो २० जना बिदेशी पर्यटकलाई सरकारले बिशेष रुपमा स्वागत तथा सम्मान गर्ने भएको छ । विदेशी पर्यटकहरुलाई त्रिभुबन अन्तराष्ट्रिय बिमानस्थलबाट उनीहरु बस्ने होटलसम्म स्वागतसहित लैजाने र एक दिनको खाने बस्ने सम्पूर्ण ब्यवस्था निःशुल्क गरिने छ ।
सरकारले पर्यटन वर्षमा भारतबाट २ लाख ६५ हजार, चीनबाट एक लाख र अन्य विभिन्न देशहरुबाट गरी १० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ ।
पर्यटन बर्ष शुभारम्भ भएको पहिलो दिन काठमाडौं, पोखरा, चितवन, ईलामलगायतका बिभिन्न पर्यटकीयस्थलका होटल तथा रेष्टुराहरुले पर्यटकलाई आकषिर्त गर्न बिभिन्न सहुलियत प्याकेज घोषणा गरेका छन् ।
एकीकृत नेकपा माओवादी नेतृत्वको तत्कालीन सरकारले गत वर्ष नै सन् २०११ लाई पर्यटन वर्षको रुपमा मनाउने निर्णय गरेको थियो । पर्यटन व्यवसायलाई आर्थिक विकासको महत्वपूर्ण आधार मानिन्छ । नेपाल पर्यटन बर्ष २०११ का लागि सरकारले २३ करोड रुपैयाँ छुट्टयाएको छ ।

source:-onlinekhabar

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login