रुबी रौनियार, काठमाडौं पुस ३० - उच्माध्यामिक शिक्षा परिषद्ले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ। परीक्षामा नियमित तर्फ ३९ प्रतिशत विद्यार्थी पास भएका छन्। नियमित तर्फ कुल २ लाख ९६ हजरा १ सय ६६ परिक्षार्थीको सहभागिता रहेकोमा १ लाख १४ हजार ६ सय ४७ उत्तिर्ण भएका छन्।
आंसिक तर्फ १ लाख १९ हजार १ सय ८२ परिक्षार्थीको सहभागिता रहेकोमा ४५ हजार ८३ उत्तिर्ण भएका छन्। प्रतिशतमा भन्नु पर्दा यो सहभागिमध्ये ३८ प्रतिशत हो। यसै गरी परीक्षामा अनियमित कार्य गरेका नियमित तर्फ ४ सय ८२ र आंसिक तर्फ १ सय ४५ परिक्षार्थीको परीक्षा परिषद्ले रद्द गरेको जनाएको छ। २५ विद्यार्थीको परिक्षा भने स्थगित भएको जनाइएको छ।
परिषद्का सदस्य सचिव भिमलाला गुरुङले यस वर्षको परीक्षाको नतिजा गत वर्षको भन्दा १ प्रतिशतले कम भएको बताए। परिक्षार्थीले तोकिएको समयमा परीक्षा दिन नपाउनु र माओवादीले परीक्षा ताका गरेको आन्दोनले विद्यार्थीलाई मानसिक तनाव परेर परीक्षाको नतिजा घटेको उनले नागरिकन्युजसँग भने।
'यो वर्ष विभिन्न कारण विद्यार्थीलाई तनावमा परीक्षा दिनु परेको थियो ' गुरुङले भने 'आबका वर्षमा विद्यार्थीले मिहिनेत गरेर परीक्षा दिएमा नतिजा आवश्य राम्रो हुन्छ। '
परिषद्को सदस्य सचिव र उपाध्यक्षको कार्य कक्षमा तीन महिना अगाडि अखिल नेपाल केन्द्रीय समिति, अखिल क्रान्तिकारी केन्द्रीय समिति र नेपाल राष्ट्रिय कर्मचारी संघले विभिन्न मागसहित गरेको तालाबन्दीले नतिजा प्रकासनमा ढिलाई भएको गुरुङले बताए।
परिषदमा तीन महिनादेखि तालाबन्दीले परीक्षाको नतिजा प्रकासनको कामकारबाही रोकिएको र जेठ महिनामा माओवादीको आन्दोलनले गर्दा परीक्षा २ हप्ता सरेकोले गर्दा यस वर्षको नतिजा प्रकासन एक महिना ढिलो भएको उनले स्वीकारे। गत वर्ष कक्षा ११ को नतिजा मंसिरको पहिलो साता प्रकाशित भएको थियो।
नतिजा हेर्न मिल्ने साइटहरु :
http://www.hseb.edu.np
http://www.result.ntc.net.nphttp://www.educationsansar.comhttp://www.edusanjal.कॉम
http://www.result.ntc.net.nphttp://www.educationsansar.comhttp://www.edusanjal.कॉम
source:-nagriknews


0 commentaires