२ माघ, काठमाडौं । राष्ट्रिय झण्डाको स्वरुप परिवर्तन नगर्न मुख्य तीन दल सहमत भएका छन् । सिंहदरबारमा आइतबार विहान बसेको एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुको बैठकमा विद्यमान राष्ट्रिय झण्डाको स्वरुप परिवर्तन नगर्ने सहमति भएको हो ।
दलका नेताहरूले विद्यमान राष्ट्रिय झण्डाको स्वरुप र रङ यथावत राख्दै भावि संविधानमा परिवर्तन सुहाउँदो ब्याख्या गर्ने बताएका छन् ।
यसअघि माओवादीले मुलुक लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गरिसकेकोले राष्ट्रिय झण्डाको स्वरुप र रङ परिवर्तन गर्नुपर्ने बताउँदै आएको थियो ।
यसैगरी निर्बाचनमा तीन प्रतिशत मत ल्याउने राजनीतिक दललाई राष्ट्रिय दलको मान्यता दिने हालको प्रावधान खारेज गर्ने पनि बैठकमा सहमति भएको छ ।
संविधान लेखनका अन्य विवादित विषयमा भोली बस्ने संविधानसभामा प्रतिनिधित्व गर्ने २८ दलको बैठकमा छलफल हुने बताइएको छ ।
source:-onlinekhabar



0 commentaires