शुल्क सीमाबारे ७४ जिल्ला चुपचाप

काठमाडौ, माघ २ - ७४ जिल्ला शिक्षा कार्यालय (जिशिका) ले निजी विद्यालयको शुल्क निर्धारण नथाल्दा आउँदो शैक्षिक सत्रमा पनि विवाद दोहोरिने भएको छ ।
माओवादीसम्बद्ध शिक्षक र विद्यार्थी संगठन तथा निजी विद्यालयका शिक्षकहरूले शुल्क नियमन आन्दोलनलाई यसपालि पनि निरन्तरता दिने घोषणा गरिसकेका छन् । तर काठमाडौं जिशिकाले मात्र माघ मसान्तभित्र प्रस्तावित शुल्क माग गरेको छ । अन्य जिल्लाले यसबारे कुनै पहल थालेका छैनन् ।
निजीले मनोमानी शुल्क लिएको भन्दै गत वर्ष शैक्षिक सत्र सुरु भएकै दिनदेखि झन्डै एक महिना पठनपाठन बन्द भएको थियो । अखिल नेपाल शिक्षक संगठन, अखिल क्रान्तिकारी तथा संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले बेलैमा वैज्ञानिक शुल्क निर्धारण गर्न तथा शिक्षक कर्मचारीको सेवासुविधा वृद्धि गर्न माग गरेका छन् । क्रान्तिकारीका उपाध्यक्ष जागृत रायमाझीले शुल्क नबढाउन निजी विद्यालयलाई सचेत गराइएको बताए । 'नयाँ शैक्षिक सत्रअघि नै शुल्कको विवाद टुंगियोस् भन्ने चाहेका छौं,' उनले कान्तिपुरसित भने, 'बढाउन पाइन्न र भएकाले वैज्ञानिक शुल्क निर्धारण गर्नुपर्छ भन्ने हाम्रो माग छ । जथाभावी बढाए बाध्य भएर हामी कारबाहीमा उत्रिनु पर्नेछ ।'
काठमाडौंका शिक्षा अधिकारी ज्ञानी यादवले प्रस्तावकै आधारमा निर्धारण समितिले शुल्क तोक्ने भएकाले त्यसपछिको समस्याबारे विद्यालयलाई सचेत गराएको बताए । 'माघ मसान्तभित्र शुल्क सीमा नबुझाउने निजीलाई कारबाही थालिनेछ,' उनले भने ।
७४ जिल्लामा भने शुल्क निर्धारण समितिको बैठकसमेत बसेको छैन । केन्द्रीय शुल्क निर्धारण समितिले सबै जिशिकालाई विगतको अनुगमनका आधारमा शुल्क व्यवस्थित गर्न निर्देशन दिएको छ । समिति सदस्य सुप्रभात भण्डारीले चासोका साथ शुल्क व्यवस्थापन नभएको बताए । नियमानुसार निजी विद्यालयले नयाँ शैक्षिक सत्रमा लिने शुल्कदर व्यवस्थापन समितिको निर्णयअनुसार तीन महिनाअघि नै सम्बन्धित जिशिकामा बुझाउनुपर्छ । अहिलेसम्म कुनै पनि विद्यालयले त्यस्तो शुल्क प्रस्ताव गरेका छैनन् ।
निजी विद्यालयहरूको संगठन प्याब्सनका सचिव डीके ढुंगानाले नयाँ शैक्षिक सत्रअघि नै शुल्क विवाद मिलाउने काममा सघाउन संगठन तयार रहेको बताए । 'शैक्षिक सत्र सुरु भएपछि विवाद सुरु हुँदा पर्ने असरमा अहिले नै सम्बन्धित सबै निकाय सचेत हुनु जरुरी छ,' उनले भने । इस्टु अध्यक्ष होमकुमार थापाले समितिको प्रतिवेदनका आधारमा शिक्षा कार्यालयले विद्यालयलाई कारबाही गर्नुपर्ने बताए ।

source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login