२ माघ, काठमाडौं । १३ औं भुकम्प सुरक्षा दिवस आइतबार नेपालमा विविध सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । ‘भुकम्पीय सुरक्षाका लागि समुदाय नै अघि सरौं, साधन, ज्ञान, सिप र भबन संहिताको अधिकतम प्रयोग गरौं,’ भन्ने नाराका साथ यस बर्षको भुकम्प सुरक्षा दिवस मनाउन लागिएको हो ।
बिक्रम संवत् १९९० साल आजकै दिन महाभुकम्पले पुर्याएको क्षतिको स्मरण गर्दै भुकम्पको जोखिमबाट बच्ने उपायसहित सचेतनासम्बन्धि कार्यक्रम गरी हरेक वर्ष भुकम्प सुरक्षा दिवस मनाउने गरीन्छ । ९० सालको भुकम्पमा आठ हजारभन्दा बढीले ज्यान गुमाएका थिए ।
झण्डै ७५ बर्षको अन्तरालमा भुकम्प जाने गरेकोले यसको जोखिमलाई कम गर्नु सबैभन्दा ठूलो चुनौति रहेको बिज्ञहरुले बताएका छन् ।
भवन निर्माण आचारसंहिताअनुसार घर निर्माण नगरिदा भुकम्पीय जोखिम उच्च रहेको भुकम्पविदहरुको भनाई छ । ९० सालको जस्तै भुकम्प गए काठमाडौं उपत्यकामा मात्रै चालिस हजारले ज्यान गुमाउने भुकम्पविदहरुले चेतावनी दिएका छन् ।
source:-onlinekhabar


0 commentaires