नेकपा माओवादीको सशस्त्र द्वन्द्वकालमा विस्थापित भएका भन्सार कार्यालयहरु पुनः स्थापना हुन नसक्दा सप्तरीको विभिन्न नाकाबाट चोरी निकासीमा वृद्धि भएको छ । सप्तरीमा हनुमाननगर, गोविन्दपुर, कुनौलीबाध, बर्दाही ,बनैनिया, कुशहा, पातो, कोदरकट्टी रामनगर, सोभरनपट्टी, बेल्ही तथा मुल भन्सार तिलाठी गरी आठ स्थानमा भन्सार कार्यालय रहेका थिए ।
माओवादी द्वन्द्वकालमा भन्सार कार्यालयहरु विस्थापित भएका हुन ।कोशी व्यारेजदेखि बलानसम्ममा राजविराज भन्सार कार्यालय तिलाठी मात्र रहेको हुँदा अन्य नाकाबाट भन्सार चोरी निकासीमा वृद्धि भएको छ ।
२०६४ जेठ ६ गते देखि सीमा सुरक्षा कार्यालय सशस्त्र प्रहरी बलको स्थापना भएपछि राजविराज छिन्नमस्ता भगतवी मन्दिर छेउ, बर्दाही बनौनिया, पातो, बोदेबर्साइन लगायतका स्थानमा सशस्त्र प्रहरी बेस क्याम्प स्थापना भएका छन् ।
भन्सार कार्यालय स्थापना नभएको कारणले गर्दा पातो नाका तथा बर्दाही नाकाबाट सुपारी, काठ, लसुन, भारत जाने गरेको र भारतबाट चामल, छड, सिमेन्ट, खानेतेल, अन्य सामग्री ट्रकबाट लहान, गाइघाट , कटारी, काठमाडौसम्म चोरी निकासीबाट पुग्ने गरेको स्थानीय बासीन्दाले बताएका छन ।
Source:- Dainikee
पटक पटक स्थानीय व्यापारीहरु भन्सार कार्यालय स्थापनाको माँग गरेता पनि कार्यालय पुन स्थापना नहुँदा कठिनाई भएको गुनासो गर्दछन । भन्सार कार्यालय स्थापना नभकोले भन्सार राजस्व संकलनको साटो प्रहरीको मिलोमतोमा चोरी निकासीमा वृद्धि भएको स्रोतले दाबी गरेका छन् ।


0 commentaires