काठमाडौ, पुस १ - नेपाली लेखक, गीतकार, गायक र तिनको स्वास्थ्य वा आरोग्यको विषयमाथि एकाध कुराले म ध्यान दिन पुगेँ । एकजना पहिलेका विद्यार्थीले साहित्यमा स्वास्थ्यको संकथनका विषयमा मसँग छलफल गर्न चाहे अनि एकजना लिम्बृ् कविले स्वास्थ्य र उपचारको ब्ािम्ब मेरो नामसँग जोडेर लेखेको कविता पढेँ । यहाँ यो विषयमा छलफल गर्न लागेको होइन । खालि यी दुई कुराले मलाई मेरो आपmनो अनुभवका केही कुरा लेख्न कसरी प्रेरणा दिए भन्ने मात्र हो । तेस्रो कुरा पाउले शक्तिशाली संस्मरण र लेखहरू लेखिरहेकी नेपाली लेखक झमककुमारी घिमिरे, जिम गर्दा हातपाउ गुमाएर पनि मुखले महान् कविता लेख्ने र चित्र बनाउने जापानी कवि तोमिहिरोजस्ता बलिया लेखकका लेख्ने अवस्था अनि लेखन र शरीर विषयमा पनि यहाँ लेख्न लागेको होइन । तोमिहिरोका कविता र पेन्टिङ्हरू राखेर उनको एउटा सुन्दर म्युजियम बनाएका छन् जापानीले । त्यो देख्ता मैले सिर्जनाको अर्को बलियो आयामको कुरा बुझेजस्तो लागेको थियो । मेरो गिरीश संगीतकार हो । त्यो म्युजियम देखेको बेला ऊ सानो थियो । अहिले उसले तोमिहिरोलाई एक सिम्फोनीका रूपमा हेर्छ । उसको कुराले अंग र सिर्जनाको विषयमा मलाई सातोरी
भयो । मलाई पनि झमककुमारीको आत्मकथा एक बलियो सिम्फोनीजस्तो लाग्छ ।
मलाई लक्ष्मीप्रसाद देवकोटाको एक शक्तिशाली मानसचित्र मनमा आइरहन्छ । देवकोटाको अत्यन्त तीव्र चित्र मेरो मनमा उनको जीवनका अन्तिम दिनका समाचारहरूबाट बनियो । तेह्रथुममा रेडियो र गोरखापत्रले जे ल्याए त्यो मेरो मानसमा चित्र बनाउने आधार भयो । देवकोटाको रोगपीडित अन्तिम अवस्थाको चित्र यति बलियो भएर प्रक्षेपण भयो कि मैले धेरैजसो मानिसले त्यहीँबाट उनको मूल्यांकन गर्ने गरेको सुने । मैले उनका कविताको एक स्वतन्त्र, सिर्जनशील, महान् स्वप्नका तरङ्गले बनिएको क्यानभासमा उनको रोगी चित्र पनि सँगै लगेर राखेँ । देवकोटाले बिमारको अतिरञ्जना
गरेनन् । उनले त्यसको सामना गरे । उनले त्यो बिमारसँग राजनीति जोडिएको संकेत गरेर गए । त्यो महत्त्वपूर्ण विषय हो साहित्यमा । नेपालमा त्यति छलफल भएका छैनन् भने पनि हुन्छ । समीक्षकहरूले देवकोटाले एक दावानलमा जलिरहेको बेला बोलेका काव्यिक उक्तिलाई लिएर तिनको सचेष्ट चिन्ता र तिनको आस्था र अनास्थाका विषयमा अर्थहीन निष्कर्ष्ा निकालेको पढेको र सुनेको छु । त्यो अवस्थामा प्रयोग हुने बिम्ब र रूपकहरूको एक स्वतः पुनरावृत्ति हुन्छ । शरीरको अवस्थालाई लेखकले शब्दले सामना गर्छन् । त्यसलाई शब्द र पाठमा परिणत गर्छन् । ती आपmनो बिमारलाई काव्यको छटपटीमा बदल्छन् । चित्रमा राख्छन् । गीतमा गाउँछन् । नारायण गोपालको अन्तिम अवस्थातिर त्यस्तै चाहना बुझेर तिनका साथीहरूले प्रज्ञाप्रतिष्ठानको हलमा उनको अन्तिम गायन साँझको आयोजना गरे । देवकोटाले 'पागल' कवितादेखि अन्तिम कवितासम्म शब्दले शरीर र मनको अवस्थाको चित्र बनाए । पारिजातको शरीर र लेखन एक बलियो विषय भयो साहित्यमा । जगदीश घिमिरेले शब्दले आफ्नो बिमारीलाई सबैले सुन्ने एक सिम्फोनीमा परिणत गरिदिए ।
पछि काठमाडौंमा आएपछि लेखकको स्वास्थ्य र बिमारको विषयमा मैले अनेकौं चर्चाहरू सुने । लेखकहरूले आपmनो स्वास्थ्यलाई एक अतिरञ्जक विषय बनाएको पनि भेटेँ मैले । नेपालमा राजा महेन्द्रको पञ्चायती शासन व्यवस्था थियो । मैले देखेका कतिपय प्रतिभाशाली लेखकहरू बाहिरको समाज र परिवेशभन्दा अलग निजत्व बनाएर हिँड्थे । शरीरको वरिपरि, त्यसैको संवेदना वरिपरि तिनीहरू आपृmलाई र आपmनो पहिचानलाई कलात्मक रूप दिन खोज्थे । कैयौं उदाहरण छन् । शरीरमा नयाँ उत्तेजना भर्नु, आपmनो सधैँको परिचित वातावरणभन्दा कल्पनाले रञ्जित अलिक फरक वातावरण बनाउनु उनीहरूको चाहना देखिन्थ्यो । आरोग्य र बिमारीका कुरा पनि सँगै जोडिएर आउँथे ।
नेपालबाहिरका नेपाली कविका अतिरञ्जनाका विषय अलिक अलग थिए । तिनको शरीर तिनको राष्ट्रको संवेद्य कलेवर थियो । एक रात कवि ज्ञान उदास र म फसिकेवको चिसो गल्लीको बाटो भएर जाँदै थियौँ । बाटामा रक्सीेे लागेर असजिलोसँग हिँड्दै गरेका परिचित कवि हरिभक्त कटुवाल भेटिए । मैले भनंे, 'तिमीले यस्तो चिसोमा किन यस्तो बिजोक भएर हिँड्नुपरेको ?' उनले सहज उत्तर दिए, 'म मेरो मातृभृ्मिलाई चुम्बन गर्दै छु ।' उनले देशप्रेमसँग उनको शरीर र भाव जोडेका थिए । तिनले 'प्रवासी' भन्ने उपनाम भर्खरै लेख्न छोडेका थिए । पाकोको 'हिमानी' को अफिसमा उनको कोठा थियो । त्यहाँ पुर्याइदियौँ । बिहान के गरेछन् भनेर म पुगेँ । पारिपट्टकिो बरन्डामा फूलमा पानी हाल्ने एउटी केटीलाई देखाएर उनले भने 'बुभmयौ अभि, मैले पोखिएर घामको झुल्का त्यही केटीलाई देखेर लेखेको ।' उनको त्यो कविता पछि नारायण गोपालले गाए । एक साल नयाँ सडकको एउटा लजमा दार्जिलिङबाट आएका कवि अगमसिंह गिरी दाइ बसेका थिए । ती टन्न मातेका
थिए । म जानेबित्तिकै उनले मातृभृ्मिको प्रेम र प्रवासमा स्वाभिमानसँग बस्ने भावना खन्याए । तिनको कविता 'नौ लाख तारा' अम्बर गु/mङ दाइले गाएर प्रसिद्ध बनाइसकेका थिए । अम्बर दाइले 'मेरा गीतकार साथीहरू' भनेर 'रूपरेखा' पत्रिकामा छापेको लेख पनि पढेको थिएँ । पछिगएर दुवै कविका अस्मिता, भावुकता, प्रेम अनि काव्य उनका बिमारसँग जोडिए । कटुवालको क्षयरोगले मृत्यु भएको कुरासँग उनको नेपाल बसोबासका कथाहरू जोडिए ।
काठमाडौंका कवि लेखकहरूका स्वास्थ्यका कुरा साहित्यिक चर्चाका विषय हुन्थे । राज्यले औषधि गर्नुपर्ने कुरा प्रमुख रूपमा आइरहन्थे । यस्ता छलफलहरू रक्सी खाएका बेला, पिउने ठाउँमा बढी आउने गर्थे । यसरी आरोग्यका कुरा लेखकको शरीर र भावनासँग जोडिएर आउँथे । अन्तर्मुखी लेखक कविका आरोग्यका कुरा कति मनोगत र कति शारीरिक थिए, हेर्ने विषय छ । मन र शरीर जोड्ने सांसारिक चाहना थिए लेखक
गायकहरूका । शरीर क्षणभङ्गुर र अनित्य हो अनि मन अजरअमर छ भन्ने चिन्ता होइनन् ती तर त्यो स्वास्थ्यलाई आफूले रक्षा गर्नुपर्छ भन्ने कुरामा उनीहरूका त्यति चाहना थिएनन् । विजय मल्ल दाइ एउटा अद्भुतै मानिस थिए । ऊ आपmनो स्वास्थ्यलाई लेखकको स्वास्थ्य भएको कारणले त्यो राज्य र समाजको दायित्वभित्र पर्छ भन्थे । मधुमेह रोग भए पनि खान र पानमा उनी पर्वाह गर्दैनथे । दौलतविक्रम विष्ट दाइको पनि रोग र बानी उस्तै हो । लेखकको बानी भने आपmनो हो, त्यसको रक्षा गर्ने दायित्व भने राज्यको हो भन्ने मानसिकताले लेखकहरूलाई भावुक बनाएको देखेँ तर राज्यलाई न कवि, लेखक र गायकका बानीको कुनै अर्थ थियो न तिनका स्वास्थ्योपचारको । लेखकको उपचार हुनुपर्छ र राज्यले लेखक र लेखनलाई रक्षा गर्नुपर्छ भन्ने विषयहरूमा कार्यपत्र प्रस्तुत हुन्थे तर राज्य पाल्पाकी बैरी देवीभन्दा पनि चर्को थियो । सुन्दैनथ्यो । अहिले पनि सुन्दैन । राजनीतिक नेताहरूको उपचार राज्यले गर्ने चलन थियो । अहिले पनि छ । कवि भूपी शेरचन दाइको बिमार एउटा मिथक र यथार्थको दोभान थियो । उनको बिमार पनि एक साहित्यिक विषय थियो ।
सारांशमा, रोग, उपचार र आरोग्यका भावनात्मक आयामहरू अहिले पनि छँदै छन् तर रोग, राज्य र उपचारसँग जोडिएको राजनीति उस्तै छ । नेपाली साहित्य र कलाका अरू विधाका क्षेत्रमा रोग र उपचारका कुरा असुरक्षा, अधिकार र भावनासँग जोडिएकै छन् । बीपी कोइरालाका आत्मकथाहरू पढ्दा रोगलाई कुनै भावनाका अतिरञ्जना, निराशाजस्ता कुराको कत्ति पनि आभास हुँदैन । उनी पनि एक ठूला लेखक हुन् । ती स्थितप्रज्ञ मानिसको रोग एक निरपेक्ष तर सामना गर्नुपर्ने विषय भएर उजागर हुन्छन् ।
राज्यले लेखक कलाकारको उपचार गराउनुपर्छ । विवाद छैन तर नेपाली लेखन र कला अनि गायनको क्षेत्रमा बिमार भन्ने एक बलियो रूपक र ग्रन्थि किन भयो ? यसले नेपाली सिर्जनात्मक अभ्यासबारे के कुरा भन्छ ? सृ्क्ष्म अध्ययन हुन बाँकी छ ।
source:-kantipur



0 commentaires