‘सेक्स’ भिडियो सार्वजनिक भए पछि ओरालो लागेको क्यारिअर माथि उठाउन नम्रता श्रेष्ठले निक्कै मेहनत गरिरहेकी छन् । कहिले बीच क्रिकेटलाई हौसला दिन पुग्ने नम्रता कहिले सामाजिक विषयमा फिल्म अभिनय गर्ने भनेर प्रशंसा बटुलिरहेकी हुन्छिन् ।
नम्रतालाई यतिले मात्र पुगेको छैन, उनले प्यारालाइसिसबाट थलिएका कुमार कान्छाको उपचारका लागि पनि थुप्रै रकम जम्मा गरेर सहयोग गरेकी छन् । नम्रताले कुमार कान्छालाई सहयोग गर्न कन्सर्टको आयोजना गरिन् । कन्सर्टबाट उनले तीन लाख ७ हजार रुपैयाँ संकलन गरिन र कुमार कान्छाको उपचारका लागि पठाइदिइन् । जहाँ कमजोर आर्थिक अवस्था भएकाको घरदैलोमा पुगेर पाँच/सात हजार सहयोग गर्ने नायिकाका अघि नम्रताको यो दिल, साँच्चिकै प्रशंसायोग्य छ । यसैमा प्रतित हुन्छ नम्रताको नम्र मन ।
source:-onlinekhabar



0 commentaires