प्रजनन क्षमता ह्रास (स्वास्थ्य)

काठमाडौ, पुस १  - भारतमा गरिएको एक अध्ययनले लामो दूरीका सवारीचालक, प्रदूषित  सहरमा बस्ने पुरुषमा शुक्रकीटको संख्या तीव्र गतिले कम भइरहेको जनाएको छ । यसैगरी रात्रिकालीन समयमा काम गर्ने महिलामा अनियमित रजस्वला हुनु सामान्य भइसकेको छ । यसको असर महिलाको प्रजनन क्षमतामा समेत परिरहेको इन्डियन काउन्सिल फर मेडिकल रिसर्च -आईसीएमआर) को थुप्रै केन्द्रमा गरिएको अध्ययनपछि पत्ता लागेको हो । 

भारतका १२ राज्यमा जारी ह्युमन रिप्रोडक्सन रिसर्च सेन्टरका माध्यमले काउन्सिलले यस्ता समस्याको चुरो कुरो पत्ता लगाउँदा जीवनशैलीसँग जोडिएको तनाव र वातावरणमा बढ्दो प्रदुषण कारकका रूपमा देखा परे । निद्रा पूरा नहुनु, कामको तनाव, औद्योगिक फोहोर, खानपानमा रासायनिक तत्त्वको उपयोग र कस्मेटिकमा हुने जैविक मिसावटलगायतले यस्ता समस्या उब्जाएका हुन् । महिलामा तनाव र अल्कोहलको उपयोग प्रजनन क्षमतामा ह्रासको सबैभन्दा आम कारण हो । केही सेन्टरको अध्ययनमा केसम्म भनिएको छ भने धेरै समयसम्म बक्सिङ जस्तो व्यायाम गर्नाले र तातो पानीमा नुहाउनाले समेत वीर्यमा शुक्रकीटको संख्यामा असर पार्छ । 
यसअघि सन् १९९२ देखि १९९७ सम्म गरिएको अध्ययनले समेत पुरुषको शुक्रकीटको संख्यामा निरन्तर कमी रेकर्ड गरिएको थियो । निर्माणकार्यको अधिकता, व्यावसायिक गाडीको संख्यामा वृद्घ िर डिजेलवाला जेनेरेटरका कारण वातावरणमा 'सस्पेन्डेड पार्टिकुलेट म्याटर्स' -झुन्डिएर बस्ने कण) तीव्र गतिले बढेका थिए ।

source:-kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login