१८ पौष, तनहुँ । सजिवनखेतीबाट डिजेल उत्पादन गर्ने लक्ष्यका साथ आँबुखैरेनीको एक विद्यालय र सहकारीले करिब दुई हजार २०० रोपनी जग्गामा व्यावसायिकरूपमा सजिवनखेती गर्न थालेका छन् ।
तनहुँको आँबुखैरेनी गाविस-१ सत्रसयस्थित मित्रता उच्च माध्यामिक विद्यालय र मस्र्याङ्दी बहुद्देश्यीय सामाजिक विकास सहकारी मिलेर सजिवनको खेती सुरु गरेका हुन् ।
उक्त विद्यालयको हाताभित्र रहेको जग्गामा गत साउन महिनादेखि सजिवनको खेती थालिएको छ ।
विद्यालय र सहकारी दुवैको आयआर्जन गर्ने उद्देश्यले सुरु गरिएको यस खेतीबाट उत्पादिन डिजेलले केही हदसम्म भए पनि डिजेलमा आत्मनिर्भर गराउने विश्वास लिइएको सहकारीका अध्यक्ष नारायण भट्टराईले जानकारी दिनुभयो । रासस
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires