१८ पौष, उर्लाबारी । किराँत धर्मको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन आगामी चैतमा काठमाडौँमा आयोजना गरिने भएको छ ।
मोरङको उर्लाबारीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा किराँत धर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष डकेन्द्रसिं थेगिमले आगामी चैत २१ देखि २३ गतेसम्म हुने महासम्मेलन देश-विदेशका एक हजार ५०० जनाको सहभागिता रहने जानकारी दिनुभयो ।
महासम्मेलन सम्पन्न गर्न संघका अध्यक्ष थेगिमको संयोजकत्वमा एक हजार १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । महासम्मेलनले ‘विश्व शान्ति तथा मानव एकता’ भन्ने सन्देश प्रवाह गर्ने आयोजकको विश्वास छ ।
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires