मधेसका मुद्दा सुन्नासाथ तीन दललाई हेड्याक हुन्छ : यादव


मिथिलेश यादव, लहान, माघ ६- मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदीय नियमावली संशोधन गर्नुभन्दा पनि तीन दल कसरी प्रधान मन्त्री बन्ने दाउ अपनाउन थालेको बताएका छन्।नियमावली संशोधन गर्न गठित समितिमा तीन दलकै कारण सहमति बन्न नसकेको उनको भनाई छ।  


संविधान निर्माणको समय सकिन चार महिना मात्र बाँकी रहँदा माओवादी अध्यक्ष पुष्पकमल दहालले म प्रधान मन्त्री भए ठीक नभए सबै बेठीक, कङ्ग्रेस र एमाले पनि आफू प्रधान मन्त्री भए ठीक नभए सबै बेठीक भन्ने सोच राखेकाले ६ महिनासम्म पनि मुलकले नयाँ सरकार पाउन नसकेको उनले बताए।

बिहीबार लहानमा मधेसी जनअधिकार फोरम सिरहाले गरेको पत्रकार भेटघाटमा उनले राष्ट्रपतिले सहमतीय सरकार निर्माणका लागि दिएको एक हप्ते समय सकिन दुई दिन मात्र बाँकी रहँदा पनि तीन दलबीच सहमति हुन नसकेकोमा चिन्ता व्यक्त गरे। अब सहमतीय सरकारको सम्भावना समाप्त भइसकेको भनाइ पनि उनको थियो। बहुमतीय प्रणालीबाट सरकार गठन गर्न नियमावलीमा सशोधन जरुरी रहेको उल्लेख गर्दै उनले नियमाबली संशोधन नभए पुनः प्रधान मन्त्रीको निर्वाचन परिणमबिहीन हुने निश्चित रहेको बताए।

अबको सरकारको नेतृत्व शान्ति प्रक्रियालाई टुङ्गो, संविधान निर्माणको ग्यारेन्टी, मधेसलगायत् सीमान्तकृत समुदायको मुद्दा संस्थागत गर्न सक्ने व्यक्तिको हातमा जानुपर्ने उनले भने। यी मुद्दामा खाकासहित अहिलेसम्म कुनै पनि दल अगाडि नआएकाले आफूहरुले कसलाई समर्थन गर्ने निश्चित नभएको उनको भनाई थियो।

मधेशको मुद्दा सुन्नासाथ तीन दललाई हेड्याक हुने गरेको बताउँदै उनले राज्य र मधेसवादी दलबीच  स्वायत्त मधेश प्रदेशलगायत् आठ बुँदे सम्झौतामा समेत तीन दल एकमत हुन गाह्रो मानिरहेका बताए। 

सशस्त्र विद्रोहबाट सत्ता कब्जा गर्ने एमाओवादीको अफिसियल लाइनले मुलुकलाई भिडन्ततर्फ धकेल्ने उल्लेख गर्दै उनले माओवादीको यो अफिसियल लाइनको विरोध स्वयम् उनकै पार्टीभित्र चुलिएको बताए।

source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login