प्रधानमन्त्रीद्वारा महिलामाथि हुने हिंसा रोक्न निर्देशन

काठमाडौ, माघ ६ - प्रधानमन्त्री माधवकुमार नेपालले महिलामाथि हुने हिंसा विरुद्धको अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउन निर्देशन दिएका छन् ।
बिहीबार प्रधानमन्त्री कार्यालयद्वारा आयोजित अन्तर मन्त्रालयस्तरीय समिति लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय कार्ययोजना बैठक कार्यक्रममा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् ।
मुख्य सचिव माधव घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकमा सभासद्हरु सपना प्रधान मल्ल, आरजु देउवा तथा उषाकला राईका साथै मन्त्रालयका सचिवहरु, प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरी लगयातका उच्चपदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।
बैठकमा बोल्दै प्रधानमन्त्री नेपालले सबै मन्त्रालय तथा अन्य निकायहरुको समन्वय विना महिलामाथि हुने हिंसा विरुद्धको अभियान प्रभावकारी हुन नसक्ने भएकाले समन्वयतात्मक प्रयासबाट अगाडि बढ्न निर्देशन दिएका हुन् ।
एक बर्षअघि प्रधानमन्त्री कार्यालयमा महिला हिंसाविरुद्धको उजुरी कार्यान्वयन सेल गठन गरेर बढाइएको अभियानबाट सकारात्मक उपलब्धि हाँसिल भएको चर्चा गनुहुँदै प्रधानमन्त्रीले आवश्यकता अनुसार इकाईलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।
उनले लैङ्गिक हिंसा विरुद्धको कार्ययोजना कार्यान्वयन गर्न वार्षिक कार्ययोजना कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । ७५ वटै जिल्लामा गठन भएका स्रोत समूहहरुको आवश्यकता अनुसार क्षेत्रीय र राष्ट्रिय भेला गर्न पनि निर्देशन दिए ।
उनले महिलामाथि हिंसा गर्ने जो सुकै भए पनि तत्काल कारबाही गर्न निर्देशन दिंदै ५-१० वटा त्यस्ता मुद्दामाथि तत्काल कारबाही भएको तथ्य प्रचार हुने बितिक्कै महिलामाथि हुने हिंसा क्रमशः घट्दै जाने विश्वास व्यक्त गरे ।
अपराधीमाथि हुने कारबाहीको सिलसिलामा कानुनी सुधार आवश्यक रहे कडा कानुन बनाउने कार्यमा समेत आफ्नो साथ रहने स्मरण गराउँदै प्रधानमन्त्रीले महिला प्रहरीहरुको क्षमता तथा मनोवल अभिवृद्धिमा पनि जोड दिनुपर्ने बताए । त्यस्तै उनले सबै निकायमा महिला मैत्री वातबरण सिर्जना गरिनुपर्नेमा पनि जोड दिए । बैठकमा उच्च सरकारी अधिकारीहरुले महिला हिंसा विरुद्धको अभियानमा आ-आफ्ना निकायबाट भएका प्रगति विवरण प्रस्तुत गरेका थिए ।

source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login