काठमाडौ, माघ २ - समाज आधुनिकतातर्फ बढ्दै गएपछि अहिले 'जेनेरेसन ग्याप' को समस्या बढ्दै गएको छ । विज्ञान/प्रविधिले त यसमा झन् मलजल गरिदिएको छ । छोराछोरी पुस्तासम्म आइपुग्दा नै अभिभावक 'आउट डेटेड' हुने खतरा बढ्न थालिसकेको छ । त्यसैले पनि पछिल्लो समय अभिभावक र छोराछोरीहरू एकअर्काका सुखदुःख आपसमा बाँड्न हिच्किचाउँछन् ।
तर गायक हुँदै अभिनय यात्रामा संघर्षरत बाबु बोगटी भने आफूलाई भाग्यमानी मान्छन् । बुधबार आपmनो दोस्रो फिल्म 'नबिर्सें तिमीलाई न पाएँ तिमीलाई' को रेड कार्पेट पि्रमियरमा उनले बाबुलाई पनि दर्शकका रूपमा पाए ।'उहाँ मेरो फिल्म हेर्नलाई एकदमै उत्साहित हुनुहुन्थ्यो,' छोरा बाबुले बुबा कृष्णकुमारका बारेमा भने, 'पि्रमियर हुन हप्ता दिनअघि नै आफ्ना साथीभाइका लागि पनि टिकट उपलब्ध गराउन भन्नुभएको थियो ।' कृष्णकुमारले ६ जना साथीभाइका लागि भने पनि पि्रमियरमा उनी चार साथीहरूसँगै छोराको फिल्म हेर्न आइपुगेका थिए, चाबहिलस्थित गोपीकृष्ण हलमा ।
छोराको पहिलो फिल्म 'बाटोमुनिको फूल' तीनपटकसम्म हेरेकी बाबुकी आमा भने पि्रमियरमा देखिइनन् । 'आउन त एकदम मन गर्नुभएको थियो तर चिसोले गर्दा बिरामी पर्नुभो,' बिरामी भए पनि आउन जिद्दी गरिरहेकी आमालाई आफू हिरो बनेको फिल्म पछि देखाउने वाचा गरेका रहेछन् ।
साथीभाइ वा प्रेमीप्रेमिका च्यापेर फिल्म हल छिर्ने अहिलेको पुस्ताका नायक बाबु यसरी हत्ते गरेर अभिभावकलाई आपmनो फिल्म किन देखाउँछन् त ? 'गाउँमा हल्लेर हिँड्ने फुच्चेले के गर्यो भनेर देखाउन । अनि छोराछोरीको कामको सही मूल्यांकन गर्ने भनेकै बाबुआमाले त हो,' बाबुको ठम्याइ छ, 'साथीभाइ वा चिनेजानेकाले त नराम्रोलाई पनि राम्रै छ मात्रै भनिदिन्छन् नि । जेहोस्, छोराको काम बाबुलाई पनि मन परेछ । 'रुँदा अनुहार अलि कालो र नराम्रो देखिँदो रहेछ,' वास्तविकतामा अहिले त्यस्तो देख्ने मौका नपाएका कृष्णकुमारलाई छोराको हँसिलो मुहारले भने लोभ्याएछ । गायनमा समेत छोराको कामको पाइला-पाइलामा टिप्पणी गरेर सचेत पारिरहने उनले छोराको फिल्मी करिअरमा समेत ध्यान दिएर हेरिरहेका रहे्न् । 'फिल्म हेरेपछि उसको अभिनय यात्रा सुखद् नै होला भन्ने लाग्यो, राम्रो काम गरेको रहेछ,' उनले भने, 'गल्ती त्यति देखिनँ ।'
बुधबार अबेर राति फिल्म हेरिसकेपछि छोरालाई सल्लाह/सुझावका लागि भने बाबु कृष्णकुमारले भोलिको बिहानीसम्म कुर्नुपर्यो । चिया समयमा बाबु र उनका साथीहरूको राय बुभmने छोटो मौका पाएका गायक तथा नायकलगत्तै शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्मकै प्रोमोसनका लागि पोखरा
हान्निए । प्रज्ञा फिल्मस्को ब्यानरमा योगेश घिमिरे निर्देशित फिल्मको पि्रमियरमा भने बाबुबाहेक फिल्मका दुई प्रमुख कलाकार विराज भट्ट र झरना थापा अनुपस्थित थिए । फिल्म यिनै तीन साथीको कथामा घुमेको छ ।
source:-kantipur



0 commentaires