काठमाडौ, माघ १ - नयाँ संविधानमा समेट्न लागिएको नागरिकता सम्बन्धि प्रावधानले धेरै नेपालीलाई राज्यविहीन बनाउने एक अन्र्तराष्ट्रिय मानव अधिकारवादी संस्थाले चेतावनी दिएको छ ।
केही प्रावधान मानव अधिकार सम्बन्धी अन्तरराष्ट्रिय कानुनसँग बाझिएकाले उल्लेख गर्दै अमेरिकास्थित अन्तरराष्ट्रिय मानव अधिकार सम्बन्धी संस्था हृयुमन राइट वाचले अनागरिक हुनबाट जोगाउन आग्रह गरेका हुन् ।
वाचको एसिया उपनिर्देशक एलेन पियर्सले दलीय कार्यदलले सहमति गरेको बाबु-आमा दुवै नेपाली नागरिक भएको अवस्थामा सन्तानले नागरिकता पाउने प्रावधान विवादास्पद भएको उल्लेख गरेका छन् ।
उनले संविधानमा समेटन लागिएको उक्त प्रावधान संशोधन गरी बाबु वा आमा मध्ये कुनै एकजना नेपाली भएमा सन्तानले स्वतः नागरिकता पाउने व्यवस्था गर्न दलहरूसँग पियर्सले आग्रह गरेका छन् । त्यसो नगरिए विदेशी आमा वा बाबुबाट जन्मने सन्तान राज्य विहीन हुने वाचले जनाएको छ ।
source:-ekantipur


0 commentaires