‘नाटकीय राजनीतिक अवस्था नउल्टिएसम्म खतरा’

२२ पौष, काठमाडौं । नेपालस्थित राष्ट्रसंघीय नियोग (अनमिन)ले राजनीतिक दलहरुको निजी स्वार्थको कारण नेपालको शान्तिप्रक्रिया असफल हुन सक्ने चेतावनी दिएको छ । नेपालमा जारी ‘नाटकीय’ राजनीतिको अवस्था नउल्टिएसम्म खतरा बढिरहने अनमिनको चेतावनी छ ।
न्युयोर्कस्थित राष्ट्रसंघीय सुरक्षा परिषदमा गएराती नेपालको शान्तिप्रक्रियासम्बन्धि अन्तिम प्रतिवेदन पेश गर्दै अनमिन प्रमुख करिन ल्यानग्रेनले शान्तिप्रक्रिया गहिरो गतिरोध उत्पन्न भएको भन्दै निष्कर्षमा पुग्नेमा आशंका गर्नुभयो ।
एकीकृत नेकपा माओवादीले भन्दै आएको जनविद्रोह र सम्भावित राष्ट्रपति शासनले जनतामा त्रास फैलिएकोले यस्ता गतिविधिले शान्तिप्रक्रिया र लोकतन्त्र खतरामा पर्ने ल्यानग्रेनको भनाई छ ।
हतियार तथा लडाकु अनुगमनलाई निरन्तरता दिने निकाय गठन हुन नसक्दा अनमिन फिर्ता भएपछि के गर्ने भन्ने अन्यौल कायमै रहेको उहाँले बताउनुभयो । अनमिन फिर्ता भएपछि हतियार तथा लडाकु अनुगमनका लागि कानुनी रिक्तता उत्पन्न हुने उहाँले चेतावनी दिनुभएको छ । समायोजन हुने लडाकुको संख्या र निकायजस्ता प्रमुख मुद्दामा सहमति हुन नसकेको तथा पुनःस्थापना प्याकेजबारे सहमति हुन नसक्दा शान्तिप्रक्रिया थप संकटमा परेको उहाँले सुरक्षा परिषदलाई जानकारी गराउनुभयो ।
संविधान, सरकार निर्माण तथा शान्तिप्रक्रियामा केही प्रगति भने भएको उहाँको ठहर छ । दलहरुले आपसी समझदारीमार्फत् गतिरोध अन्त्यको प्रयास गरेको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । आपसी सम्वादमार्फत् शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु पर्ने उहाँको भनाई थियो ।
शान्तिप्रक्रियाले पूर्णता नपाए पनि अनमिनले आफ्नो कार्यादेशअनुसार काम गरेको भन्दै अनमिन प्रमुख ल्यानग्रेनले सन्तुष्टि व्यक्त गर्नुभएको छ ।

source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login