काजल म्याडम र रेजिनाको कला


काठमाडौ, पुस २२  - तुलसी घिमिरे निर्देशित दुई दशकअघिको चर्चित फिल्म 'चिनो' हेर्नुभएको थियो भने पक्कै पनि रातेकाइँलालाई भुल्नुभएको छैन होला । फिल्ममा खलपात्रमा देखिएका सुनील थापालाई अझै धेरैले रातेकाइँलाका नामबाट मात्रै बोलाउँदैनन्, उनले फिल्ममा बोलेको चर्चित संवाद 'रातेकाइँलालाई यो कुरा मन परेन' लाई सुनीलले पmयानको चित्त बुझाउन धेरै ठाउँमा बोल्नुपर्‍यो ।

पहिलोपटक खलपात्रलाई यति धेरै उचाइमा पुर्‍याएको उक्त फिल्मकै शीर्षक ठ्याक्कै मिल्नेगरी अहिले निर्देशक शोभित बस्नेतले बनाएको फिल्म पुस ३० मा देशव्यापी प्रदर्शन हुँदै छ । 'ऊ बेलाको चिनो सम्झनेबित्तिकै रातेकाइँलाको खुङ्खार चरित्र धेरैका आँखामै नाच्न थाल्छ,' नयाँ 'चिनो'का द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीले भने, 'अहिले हामीले त्यो चरित्रलाई बिर्साउने गरी अर्को पात्र बनाएका छौं ।' 

के छ त त्यो पात्रमा ? मंगलबार फिल्मका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निर्देशक बस्नेतले काजल म्याडमलाई स्टेजमा बोलाएपछि आँखाभरि गाजल लगाएको, काँधसम्म खुल्ला छोडिएको कालो कपालको -की) सफाचट अनुहार, केही उचालिएको छातीसहित मस्का लगाउँदै आइपुग्यो -पुगी) । उनी रहेछन्, फिल्ममा डरलाग्दो भिलेनमा देखिएका तेस्रोलिंगी चरित्रका उनै खड्गी -माथिको तस्बिर) । 'तेस्रोलिंगी पनि बलवान् हुन सक्छन् भन्ने सन्देश पनि दिएको छ,' फिल्मकै गेटअपमा सबैलाई चकित पार्दै देखिएका खड्गीले कार्यक्रममा पनि 'गे' -पुरुष तेस्रोलिंगी)कै शैलीमा बोलेका थिए ।

यो चरित्रका राजेन्द्रलाई जुरेकै रहेछ । 'पहिले यो चरित्रका लागि मैले अशोक शर्मालाई रोजेको थिएँ,' निर्देशक बस्नेतले चुनौतीपूर्ण अभिनयका लागि शर्माले नै न्याय गर्न सक्ने ठानेपनि उनले अन्त्यमा आएर व्यस्तताका कारण काम गर्न पाएनछन् । शर्माले पनि तेस्रोलिंगीको चरित्र सुन्नेबित्तिकै मन परेकाले दस दिनजति गृहकार्यका लागि तेस्रोलिंगीसँग संगत गरेको सुनाए । तर उनी निजी कामले विदेश जानुपर्ने भएपछि अभिनय गर्न पाएनछन् ।

त्यसपछि उक्त रोलका लागि बस्नेतले द्वन्द्वनिर्देशकलाई नै प्रस्ताव गरेपछि झस्याङ भए । 'पहिले त झस्किएँ, पछि श्रीमतीलाई यस्तो प्रस्ताव आ'छ के गरौं भनेपछि उनले अनुमति दिइन्, त्यो रात गाजल-साजल लाएर फोटो खिचँे । त्यसपछि सुहाउँछ कि भन्ने लाग्यो ।' राजेन्द्रले खिचेर ल्याएका फोटाहरू हेरेपछि निर्देशक बस्नेत पनि ढुक्क भएछन्, काजल म्याडम पाएकोमा । राजेन्द्र भन्दै थिए, 'अब त म आफंैलाई देख्दा पनि साँच्चिकै त्यस्तै छु कि जस्तो लाग्न थालेको छ ।'

प्रयोगात्मक शैलीमा गरिएको फिल्मको प्रमोसनल कार्यक्रममा डरलाग्दो भिलेन काजल म्याडमलाई तह लगाउने नायिका रेजिना उप्रेतीले पनि सुख 

पाइनछन् । फिल्ममा हर्स राइडिङ -घोडा कुदाउने) देखि मार्सल आर्टस्का कलात्मक कौशल -तलको तस्बिर) देखाएकी भनिएकी उनको फिल्म पोस्टरमा 'फाङ' गरिएको फोटो उनको नभएको आरोप लगाउनेका लागि उनले कार्यक्रम स्थलमै प्रत्यक्ष त्यही रूप देखाइछन् । यति भएपछि उनको घोडा चढेको दृश्यको भने आवश्यकता महसुसै गरेछन्, उपस्थित दर्शकले ।

source:-kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login