कल्पनाशीलता खोइ?

काठमाडौं, पुस २२-विषयवस्तु र शैलीमा सिर्जनात्मक हुन नसकेको आरोप नेपाली फिल्मकर्मीले खेप्दै आएका छन्। तर यथार्थ के हो भने फिल्मकर्मीले कल्पनाशीलताको पहिलो कडी मानिने नाम नै गतिलो राखेको पाइँदैन।फिल्मको नाम रोचक लागेपछि मात्र दर्शकले कथावस्तु वा शैलीतिर चासो देखाउने हुन्। विडम्बना, नेपाली फिल्मका नाम सुन्दा निराश हुनुको विकल्प छैन।
पछिल्लो समयमा एकतिर उस्तैउस्तै लाग्ने नाममा फिल्म बन्ने क्रम बढेको छ भने अर्कोतिर पुराना नेपाली वा हिन्दी फिल्मका नामलाई दोहोर्‍याउने चलन बसेको छ। मानौं, नेपाली शब्दकोषमा फिल्मलाई सुहाउने नाम नै छैन। तल दिइएका फिल्मका नाम पढेपछि सायद भन्न कर लाग्नेछ, फिल्ममा सक्रिय भएकाहरूले कि आफ्नो कल्पनाशीलता बढाउनुपर्‍यो कि त यसमा कल्पनाशील व्यक्तिहरूको प्रवेश हुनुपर्‍यो।



दर्शक अल्मलाउने नाम
के यो माया हो
माया त माया हो
हो यही माया हो
माया नगर
माया नमार
पहिलो पहिलो माया
पहिलो माया हो मेरो
जब जब माया बस्छ
किन लाग्छ माया
भाइ
भाइभाइ
हामी तीन भाइ
हामी साथी भाइ
मन परेपछि
मलाई मन पर्‍यो
चाँडै आऊ है
फर्की आऊ
पर्खि बसे
पर्खि राख



दोहोरिएको नाम
आमा
(हिरासिंह खत्री, रेशराज आचार्य)
जीवनरेखा
(प्रकाश थापा, प्रदीप श्रेष्ठ)
सम्झना
(शम्भु प्रधान, योगेश घिमिरे)
कुसुमेरुमाल
(तुलसी घिमिरे, निरक पौडेल)
सन्तान
(प्रकाश थापा, राजु पराजुली)
कन्यादान
(प्रकाश थापा, शोभित बस्नेत)
चिनो
(तुलसी घिमिरे, शोभित बस्नेत)
कसम
(दीपक रायमाझी, लक्ष्मण रिजाल)
दाग
(आकाश अधिकारी, विजय थापा)
रक्षक
(ज्ञानेन्द्र देउजा, सानु शाक्य)
सडक
(तीर्थ थापा, प्रदीप श्रेष्ठ)



हिन्दीजस्तै नाम
फर्ज
दिवानापन
जंगबाज
हिफाजत
किस्मत
धूम

source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login