पोतो हटाउने क्रिमले गर्भस्थ शिशुलाई हानि (स्वास्थ्य)

काठमाडौ, पुस २४  - गर्भावस्थामा प्रायः महिलालाई अनुहारको कालो पोतो -चाया) ले बिरूप बनाउँछ । गर्भावस्थामा ती महिलाको अनुहारमा समेत पोतो निस्कने गरेको छ जसलाई यसअघि कहिल्यै हुने गरेको थिएन । यसबाट छुटकारा पाउन धेरैजसोले अनेक किसिमका क्रिम प्रयोग गर्छन् । तर यो प्रक्रिया जोखिमरहित भने छैन । गर्भवतीले पोतो हटाउने क्रिम अनुहारमा लगाउनु त परे जाओस्, औंलाले छुनसम्म हुँदैन । यस्ता क्रिमले गर्भस्थ शिशुलाई नराम्रो असर पार्न सक्छन् । शिशुको मुटुमा प्वाल हुनेसम्मको खतरा उत्पन्न हुन सक्छ । 
विशेषज्ञहरूका अनुसार पोतोको क्रिम औषधि पसलबाट सजिलै किन्न पाइने हुनुहुन्न । चिकित्सकीय पुर्जालाई यस मामिलामा अत्यावश्यक बनाउनुपर्छ । पोतो हटाउने क्रिममा एजेलेक एसिड, एडेपलेन, ट्रेटिनाइन, सोडियम सल्फा सेटेमाइड, किलनडामाइसिन, एरथ्रोमाइसिन, सेलिसाइलिक एसिड, हाइड्रोकाटिजोन तथा बेन्जोइल पेरोक्साइडजस्ता पदार्थ हुन्छन् । यी पदार्थ हुनेवाला आमाको रगतमा पुगेपछि गर्भस्थ शिशुका हातखुट्टा सामान्यभन्दा साना, मुटुमा प्वाल, मानसिक विक्षिप्तता, खँुडेपन, आँखा, कान तथा मूत्राशयसम्बन्धी दोष हुन सक्छ । 
मुख्य रूपमा ट्रेटिनोइन तत्त्व उपस्थित रहेको क्रिमलाई गर्भवती, गर्भधारणको योजना बनाएका वा स्तनपान गराइरहेका महिलाले छुनसमेत हुँदैन । यस्तो क्रिम लगाएपछि त्यसको तत्त्व छाला हुँदै रगतमा पुग्छ र सासमार्फत शिशुको रगतमा समेत प्रवेश गर्छ । गर्भवतीले ट्रेटिनोइनयुक्त क्रिम लगाउनाले शिशुमा जन्मजात विकृतिको खतरा उत्पन्न हुन्छ ।
यस्तै, सोडियम सल्फासेटेमाइडयुक्त क्रिम पनि गर्भधारणको दोस्रो महिनाउता उपयोग गर्न हुन्न । विशेषज्ञहरूका अनुसार पोतोको क्रिममा विश्व स्वास्थ्य संगठनद्वारा निर्धारित सी तथा एक्स श्रेणीका औषधि हुन्छन्, जसले गर्भस्थ शिशुमा विकृति उत्पन्न गर्छन् । केही विशेषज्ञको मान्यताअनुसार यस्ता क्रिमको नियमित उपयोगले गर्भपातको जोखिमसमेत उच्च हुन्छ । अमेरिकामा गरिएका यससम्बन्धी धेरै अध्ययनअनुसार पोतो हटाउने क्रिम चिकित्सकको सल्लाहबिना कहिल्यै लगाउनुहुन्न ।  
ट्रेटिनाइन क्रिमको उपयोग बन्द गरे पनि शरीरमा यसको असर एक महिनासम्म यथावत् रहन्छ । अमेरिकन एसोसिएसन्स अफ फिजिसियनका अनुसार चिकित्सकलाई कुनै पनि महिलालाई पोतोको क्रिम रिफर गर्नुअघि तिनको उमेर ख्याल राख्नुपर्छ । साथै, गर्भधारण गर्ने वा बच्चा हुर्काउनेका लागि यस्ता क्रिम रिफर गर्नुहुन्न । यस्तै, क्रिम लगाउने सल्लाह दिएको समयमा भने महिलालाई गर्भनिरोधक उपाय अपनाउनसमेत सल्लाह दिनुपर्ने त्यो संस्थाले सुझाव दिएको छ ।


source:-kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login