झलनाथ खनाल माथि प्रहार गरिएको थप्पड जनताहरुको राजनैतिक दल प्रति बढ्दै गएको वितृष्णको परिणाम: कोइराला
शुभ नारायण यादव/सप्तरी, ८ माघ नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एमाले अध्यक्ष झलनाथ खनाल माथि प्रहार गरिएको थप्पड जनताहरुको राजनैतिक दल प्रति बढ्दै गएको वितृष्णको परिणाम भएको बताउनु भएको छ ।
प्रेस युनियन सप्तरीद्वारा शनिबार सप्तरीको सदरमुकाम राजविराजमा आयोजित पत्रकार सम्मेलनमा डा. कोइरालाले सो कुरा बताउँनुभएको हो । वहाँले सुनसरीको इटहरमिा एमाले अध्यक्ष माथि भएको थप्पड प्रहारबाट नेताहरुले पाठ नसिके थप अप्रिय घटना व्यहोर्ने अवस्था आउने छ ।
उनले नेता माथि गरिएको यस प्रकारको प्रहार दलहरु प्रति जनताको बढ्दो वितृष्णा र आक्रोशको परिणाम भएको जिकिर गर्दै यतो घटनाबाट पाठ सिकेर अघि बढे मात्र वर्तमान संकटबाट मुलुकले निकास पाउने बताए । यद्दपी उनले एमाले अध्यक्ष माथि थप्पड हान्ने घटनाको घोर निन्दा गर्दै घटनाको छानबिन गरी दोषी माथि कारवाही गर्ने माग पनि गरे । उनले भने, "यस्तो अशोभनीय घटनाको जति निन्दा गरे पनि कमै हुन्छ, यस्तो क्रियाकलापलाई प्रोत्साहन गरिनु हुन्न ।"
राष्ट्रपतिले नयाँ सरकार गठनको लागि ५ दिन दिएको थप म्यादमा पनि सहमतीय सरकार बन्ने कुरामा शंका व्यक्त गर्दै उनले भने, "यस्तै घटनाबाट नेताहरुले पाठ सिके ५ दिन भित्र नयाँ सरकार गठन हुन सक्ने केही सम्भावना र आशा भने अझै छ ।"
एक अर्को प्रसँगमा डा. कोइरालाले लडाकुलाई विशेष समिति मातहतमा औपचारिक रुपमै ल्याइ सकिए पनि चेन अफ कमाण्ड माओवादी अध्यक्ष प्रचण्डकै हातमा रहन्छ की - भन्ने शंका यथावत रहेको बताए । उनले यस मामिलाका साथै शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने काँग्रेसले तयार पारेको खाका इमान्दारीतापुर्वक मान्न तयार भए माओवादी नेतृत्वको सरकार पनि काँग्रेसलाई स्वीकार्य रहेको स्पष्ट पारे ।
डा. कोइरालाले काँग्रेसको लोकतान्त्रिक धार र माओवादीको अधिनायकवाद धारका बीच वैचारिक लर्डाई जारी रहेको जिकिर गर्दै लामो समयदेखि देशलाई सरकार विहिन र बन्धक अवस्थामा राख्नु नहुने मान्यताका कारण र मुलुकलाई निकास दिई संविधान निर्माण र शान्ति प्रक्रिया पूरा गर्न काँग्रेसले लचकता देखाएको बताउनुभयो ।
आगामी जेठ १४ गतेसम्म पनि संविधान जारी नभए कुनै पनि हालतमा म्याद थप्नु नहुने कुरामा आफू अडिग रहने उहाँको भनाई थियो ।
"आगामी जेठ १४ पछि जेठ १५ त आउँछ", उनले भने,"तर संविधान जारी नभए संविधान सभाले आफै मृत्यु वरण गर्छ, जेठ १५ उसले हेर्न पाउँदैनन् ।"यसैगरी डा. कोइरालाले तर्राईमा अपराधि होइन राजनैतिक क्रियाकलापमा लागेर सशस्त्र आन्दोलन गरिरहेका समूहहरुसँग सरकारले वार्ता गरी उनीहरुलाई पनि राजनीतिको मूलधारमा ल्याउनुपर्ने पक्षमा आफू रहेको बताउँनुभयो ।

source:-dainikee

0 commentaires